हिटलरको आर्य श्रेष्ठताबारे खोजी

  निनाम लोवात्ती
42 Shares

निनाम लोवात्ती

विश्वमा थोरै मानिसहरु त्यस्ता पनि हुन्छन्, जो आपूm र आप्mनो रक्त समूह, जात वा जाति, भाषिक समूह वर्ग, धर्मकम मानिसहरु मात्रै सर्वश्रेष्ठ हुन् बाँकी सबै नीच, गैबार, कमसेल हुन् भन्ठान्छन् । हो,  हिटलर पनि त्यस्ता मानिसमध्ये एक थिए । हिटलर जो एक थिए, आर्य श्रेष्ठताबारे आपूm बढी नै घमण्ड गर्थे । हो तिनै हिटलर जसका बारे हामीले अनेक कहानी, कथा, भनाइ र किस्साहरु सुनेका छौं । त्यसो त उनकै कारण दोस्रो विश्व युद्ध सुरु भएको मान्ने गरिन्छ । हिटलरको वास्तविक र पूरा नाम ‘एडोल्फ हिटलर’ रहेको थियो । उनी जर्मनीको चान्सलर भएपछि ‘प्mयुँएर/पँ्mयुर्र्’ भन्ने उपाधि वा भनौं पदवीले पनि चिनिए । जे होस्, दोस्रो विश्व युद्धको क्रममा हिटलरको नेतृत्वमा रहेको नाजी ग्याङ् (गेस्टापो) का सेनाले ६० लाखभन्दा बढी मनिसलाई ‘ग्साय च्याम्बर’मा हालेर मारेको भन्ने इतिहासकार तथा अध्येताहरुको भनाइ रहेको छ । हिटलरको आर्य श्रेष्ठताको घमण्डको जाँतोमा पिल्सिएर त्यसरी मारिनेमा अधिकांश यहुदी (ज्युज) र कम्युनिस्ट समर्थक साधारण मानिस थिए भन्ने भनाइ रहेको छ । त्यसपछि काम गर्न नसक्ने अशक्त, बुढाखाडा र केटाकेटी  थिए । उनै हिटलर र उनको आर्य श्रेष्ठताबारे केही लेख्दै छु ।

भनिन्छ, हिटलरले आर्य उत्पत्तिको मूल कहाँ हो ? भनी पत्ता लगाउनका लागि आपूm शक्तिमा आएपछि धेरै ठाउँमा खोज–अनुसन्धान र अध्ययन गर्न विश्वासिला मानिसलाई खटाएका थिए । हुनत हिटलरले कसकसलाई कहाँकहाँ खटाए ? सबै कुरो बाहिर आएको छैन । तर, उनले हिमालयको शिर तिब्बतमा पनि एक गोप्य टोली खटाएका थिए । सो कुरो ‘झिल्को डट कम अनलाइन’ले विसं २०७८ भदौमा प्रकाशित लेखमा उल्लेख छ । सो लेखमा उल्लेख गरिएअनुसार ‘होलो कास्ट’का प्रखुम योजनाकार तथा हिटरका केही विश्वापात्रमध्ये एक हेनरिखे ह्यामेलरले सन् १९३८ मा पाँच जना सदस्य रहेको एक टोली तिब्बतमा आर्य उत्पत्तिबारे अध्ययन गर्न खटाएका थिए । हिटलरलाई के विश्वास थियो भने, घुमन्ते आर्यहरु लगभग १५ सय/१६ सय वर्षको आसपास उत्तरबाट भारत आएका हुन् । भारत आएका आर्यहरुले गैर आर्यहरुसँग घुलमिल भएर ठूलै अपराध गरे भन्ने हिटलरलाई लाग्थ्यो ।

‘झिल्को डट कम अनलाइन’ले भारतीय लेखक वैभव पुरन्दरेको किताब ‘हिटलर एन्ड इन्डिया’मा उल्लेख भएको प्रसंग यसरी उद्घरण गरेको छ ‘–दोस्रो विश्व युद्ध हुन केही दिनअघि जर्मनहरुको एक टोली भारतको पूर्वी सीमामा ओल्र्यो । हिटलरलाई घुमन्ते आर्यहरु १५०० वर्षअघि उत्तर भएर भारतमा प्रवेश गरेको विश्वास थियो । ती आर्यहरुले गैर आर्यहरुसँग मिसिएर अपराध गरेका छन् ।’ हुन पनि हिटलरलाई के लाग्थ्यो भने, आर्यहरु विश्वका सबैभन्दा उच्च नश्लका मानिस हुन् !? अर्को हिटलरको राम्रो पक्षचाहिँ के छ भने, हिटलरले आपूm जत्ति नै आर्य श्रेष्ठताको घमण्डले वशीभूत भए तापनि भारतीय जनताले गरेको अंग्रेज शासक विरुद्घको लडाईँ र देशको स्वन्तत्राप्रतिको भारतीय जनताको आन्दोलनप्रति भने, सँधै सहानुभूति र सद्भाव राख्ने गर्थे । जुन कुरो हिटलरले आपूmले गर्ने आन्तरिक बहस, छलफल र लेखहरुमा पनि झल्किन्थ्यो भन्ने भनाइ छ ।

हिटलर र उनका अनुयायीहरुको विश्वास थियो, घुमन्ते उच्च नश्लका आर्यहरु इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबे । यो उनीहरुको धार्मिक विश्वास थियो । त्यसैले नाजी कट्््टरपन्थीहरु त्यसरी इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका आर्यहरु मध्ये जो बाँचे, उनीहरु सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गएर शरण लिए, जुन क्षेत्र सो वेला सुरक्षित र राम्रो वास स्थानको रुपमा रहेको विश्वास गरिन्छ । सोही क्रममा आर्यहरु विश्वकै छानोका रुपमा रहेको हिमालय क्षेत्रको पनि तिब्बतमा गएको भन्ने विश्वास तत्कालीन नाजी नेतृत्वमा रहेको थियो । त्यसैले नाजी नेतृत्वले इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका मध्ये जो बाँचे, उनीहरु कहाँ गए ? भन्ने सम्बन्धमा अध्ययन गर्नका लागि सन् १९३५ मा एक अध्ययन टोली गठन गरेका थिए ।  आर्यहरुको उत्पत्तिथलो सम्बन्धी अध्ययन गर्न हिटलरले सन् १९३८ मा पाँच जनाको वैज्ञानिक टोली तिब्बतमा अध्ययन गर्न पठाएका थिए । भनिन्छ, सो वैज्ञानिक टोली बोकेको पानीजहाज सर्व प्रथम श्रीलंकाको राजधानी कोलम्बोमा उत्रिएको थियो । पानीजहाज फेरेर भारतकै पश्चिम बंगालको कोलकाता (कलकत्ता) ओर्लेका थिए । उक्त जर्मन वैज्ञानिक टोली भारतको कोलकाता आई पुगेपछि ‘टाइम्स अफ इन्डिया’ले “अ गेस्टपो एजेन्ट इन इन्डिया” शीर्षकमा हेडलाइन बनाएर समाचार छापेको थियो । त्यसपछि सो अध्ययन टोलीलाई तत्कालीन बेलायती अधिकारीहरुको सिक्किम हुँदै तिब्बत जान नदिने मनसाय बुझेपछि तिब्बत छिर्ने अर्कै उपाय निकाले । सो जर्मन टोलीले स्वस्तिक चिन्ह्सहितको झण्डा राखेर झोला र सरसामान खच्चडमा लोड गरे । बौद्ध र हिन्दु धर्मको प्रतीक मानिन्छ, स्वस्तिक चिन्ह् । अझ हिन्दु धर्मालम्बीले त स्वस्तिक चिन्ह्लाई शुभ लाभको संकेत मान्ने गर्छन ।

तर, अन्तमा सो जर्मन वैज्ञानिक टोलीले घुमन्ते उच्च नश्लका भनिएका ती आर्यहरुको समूह इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ् !) का कारण डुबेको भन्ने तत्कालीन क्रिश्चियन (क्याथोलिक) मतअनुसार हिटलर र उनका ग्याङ्/गेस्टापोका अनुयायीहरुले विश्वास गरेका भनिएका जो उच्च नश्लका आर्यहरु थिए र, उनीहरुमध्ये जो बाँचे, त्यसरी बाँचेका उच्च नश्लका आर्यहरु मध्ये सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गए, गएनन् ? भन्ने बारेमा के हो, कसो हो ? पत्ता लगाए कि लगाएनन् ? सो सम्बन्धमा भने हालसम्मपनि बाहिर आएको छैन । अर्थात् सो सम्बन्धमा हालसम्म कुनै सत्य, तथ्य र तथ्यांकहरुबारे कतै केही उल्लेख गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार