हो, मानिसले आप्mनो जन्मथलो भन्दा टाढा (सात समुन्द्रपारि) रहेका देशमा गएर लाखौं डलर खर्च गरेर र, कयौं दिन लगाएर अनि आप्mनो अमूल्य ज्यानलाई समेत जोखिममा राखेर विश्वका अग्ला र खतरानक मानिने हिमाल चढ्ने प्रयास किन गर्छन् ? अथवा भनौं कुनै पनि मानिसले त्यस्तो हिमाल चढ्छन् नै किन ? वास्तवमा गहिरिएर सोच्दा प्रश्न त बढो गम्भीर पो छ त !
हो, मानिसहरु त्यसरी जोखिम मोलेर किन हिमाल चढ्छन् ? वा विदेशी पर्यटक हजारौं, लाखौं डलर खर्च गरेर किन हिमालय क्षेत्रमा घुम्न आउँछन् ? भन्ने विषयमा नेपालका नामुद भुगोलविद, पर्वतारोही, योजनाविद, प्रशासक, चित्रकार, लेखक, खेलाडी, खोजकर्ता, अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भन्नु भएको छ ‘–पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्र्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रुप हो । पर्वत संसारको सबभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरु मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रुप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’ –सन्दर्भ स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित, ‘विषय विविध’ नामक किताबको पाना नम्बर –६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख ।
हुन पनि डाक्टर हर्क गुरुङले भन्नु भएझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोहीहरु पर्वतारोहणका लागि आई रहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरु आउने गरेका छन् । नेपाली पर्वतारोहीहरु ‘पेशेवर पर्वतारोही’ हुन अभैm धेरै समय लाग्ने देखिन्छ । अर्को भनेको स्वदेशी पर्वतारोहीहरु भन्दा विदेशी पर्वतारोहीहरुले नेपालका हिमाल चढ्न आउने क्रममा नेपाल सरकारलाई सलामी दस्तुर अथवा भनौं ‘रोयल्टी’ तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट लगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरुका लागि अहोभाग्यका रुपमा रहेको मान्न सकिन्छ । त्यति मात्रै नभएर यी हिमालहरु प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।
गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैँया मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्ले छ । विदेशी पर्वतारोहीहरुले अहिलेको अवथामा चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रति व्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरुले गर्ने अन्य खर्च त कति हो कति ! तापनि कोभिड–१९ को असर हालसम्म घटेको छैन । तापनि गत वर्ष अर्थात् सन् २०२१ नेपालका हिमालले खालि बस्नु परेन । गत वर्षको हिउँदे याममा मात्रै नेपालका ५३ वटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीहरु आएका थिए भने, ती मध्ये २७ वटा हिमाल मात्रै पर्वतारोहीहरुले सफलता पूर्वक आरोहण गरेका थिए । गत वर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीहरुबाट सरकारले अनुमति दिएवापत ६ करोड ५३ लाख ८३ हजार रुपैँया सलामी दस्तुर उठाएको थियो भने, गत वर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुले तिरेको सलामी (रोयल्टी) वापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर (रोयल्टी) वापत आमदानी गर्ने देखिन्छ । हालै ‘क्लिकमान्डू अनलाइन’ले पर्यटन विभागलाई उद्यृत गर्दै लेखेको एक समाचारअनुसार गएको २५ चैतसम्ममा विभिन्न देशका ५०५ जना पर्वतारोहीहरुले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमतिपत्र लिई सकेका छन् । केही समयसम्म यो क्रम जारी रहने हुनाले यो वर्ष पनि पर्वतारोहणबाट राम्रै आमदानी हुने आशा गर्न सकिन्छ ।
हाम्रो देश नेपालमा हिम रेखाभन्दा माथिका हिमाल (५ हजार ५ सय मिटरभन्दा माथिका) १७ सय भन्दा बढी छन् । तापनि हालसम्म सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि ४ सय १४ वटा हिमाललाई मात्रै आरोहणका लागि खुल्ला गरेको छ वा भनौं ती हिमालहरुलाई कानुनी रुपमा मान्तयता दिएर कुनै पनि देशका पर्वतारोहीहरुबाट निश्चित रकम बराबरको सलामी दस्तुर (रोयल्टी) लिएर आरोहण गर्ने अनुमतिपत्र जारी गर्ने गरेको छ ।
हालसम्म ४ सय १४ वटा हिमालहरु स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि खुल्ला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो चोमोलुङमा अर्थात् सगरमाथा, माउन्ट एभरेस्ट, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैठौ अग्लो चो–ओयु, सातौं अग्लो धौलागिरी, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम (अन्नपूर्ण–१) हिमालमा नै पर्वतारोहीहरुको बढी आकर्षण देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्यो भन्दा कम उचाई भए तापनि आमा डाब्लाम, नुप्चे, पुमोरी, बरुणत्से, कुम्भकर्ण (फक्ताङ लुङ), किरात चुली, हिमलुङ, नीलगिरि, हिउँचुली, गौ–गुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस (थापा) पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचुली, डोम ब्लँ, काङ्बाचेनलगायत हिमाल चढ्न धेरै जसो विदेशी पर्वतारोहीहरु नेपाल आउने गरेका छन् । त्यसबाहेक नेपालमा रहेका ३३ वटा स–साना हिमाल ‘टे्रकिङ पिक’ भनी सरकारले अलग्गै खुल्ला गरेको छ । ती ट्रेकिङ पिकको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।