चार किराती र येले दोङ (सम्बत्) बारे

  निनाम लोवात्ती
77 Shares

त्यसो त यो लेख जनवरी १६, २०२० मा ‘तथ्य र प्रमाणका आधारमा येले संवत् ३७९९ चलाउन यलम्बर फाउन्डेसनको अपिल’ शीर्षकको समाचारबारे केही असहमति राखेर लेखिएको हो । जुन समाचार ‘सार्वजनिक अनलाइन डट कम’मा माथि उल्लेखित मितिमा प्रकाशित भएको थियो भने हाल ‘सार्वजनिक अनलाइन डट कम’ बन्द भई सकेको छ । त्यसैले विषयको गाम्भीर्यता र वास्तवमा येले दोङ (सम्व्त) के हो, र कुन वर्ष वा मितिलाई (जस्तै ३६०३ वा ५०८२ र पुस १५ कि माघे सक्रान्तिको दिन येले दोङ सुरु भएको) मान्ने ? नयाँ पेज अनलाइनका सम्पादक तथा टिमले विचार गरे प्रकाशित गर्नु हुनेछ !

त्यसरी ‘तथ्य र प्रमाणका आधारमा येले संवत् चलाउन अपिल गर्ने ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) का हर्ताकर्ताहरुले कथित् राई ! लिम्बु, सुनुवार र याक्खा (४ किराती) बाहेक हामी (विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा उल्लेख भएका आठपहरिया, मेवाहाङ, कुलुङलगायत १२ वटा किराती जातिहरुका साथै थामी, हायु, जिरेल, सुरेल, धिमाल आदि पनि छन्, जसले आपूmहरुलाई किरात भन्छन्, स्वीकार्छन् भन्ने थाहा पाएका छैनन् त ? कि उनीहरुसँग किरात, किराती, येले दोङ (सम्व्त) आदिबारे छलफल गर्न आवश्यक ठानेका छैन ! फाउन्डेसनवाला सर म्याडमहरुको के भनाइ होला ? उनीहरुले केवल कथित् ४ किरातीहरुसँग मात्रै नभएर विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा उल्लेख भएका आठपहरिया, मेवाहाङ, कुलुङलगायत १२ वटा किराती जातिहरुका साथै थामी, हायु, जिरेल, सुरेल, धिमाल आदिसँग पनि किरात, किराती, येले दोङ (सम्व्त) बारे कस्तो तथ्य, प्रमाण र आधारमा भनी रहेका छन् ? त्यस्तो तथ्य र प्रमाण जुटाएकै हो ? हामीले सो बारे विस्तृत र औपचारिक रुपमा जान्ने नैसर्गिक अधिकार छ, छैन ? त्यसमाथि पनि नेपालमा सूचनाको हक लागू भएको लगभग १४, १५ वर्ष भएको छ । अझ भएन, नेपालको संविधानमै पनि मौलिक हक ! सूचनाको हक आदि हकहरु लागू भएको छ । ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) का हर्ताकर्ताहरु जो बुद्धिजीवी भनिने र भनाइने कामरेडहरु हुनुहुनछ, उनीहरुले अपिल वा उर्दी ! जारी गर्नुअघि माथि उल्लेखित जातीय संघ–संस्थाहरुसँग छलफल, बहस गर्ने, उनीहरुलाई जानकारी दिने, सल्लाह गर्ने गर्नु पर्ने भनी जानाजान आवश्यक नदेखेका हुन् भने त…त्यसैले ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) भन्ने संस्था र तिनका हर्ताकर्ताहरुले भोलि साँच्चै वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा जाति (स्मरण रहोस्, जात हुनलाई कुनै आधार चाहिँदैन । जस्तै ऐतिहासिक भूमि, वंश, परम्परागत कानुन, मातृभाषा, मौलिक भेषभुषा, अरुको भन्दा फरक चालचलन, संस्कार, संस्कृति, रीतिरिवाज, आप्mनै धर्म, आप्mनो समुदायमा चल्दै/मान्दै आएको मूल्य–मान्यता आदि) हुनलाई चाहने कुनै आधार नै नभएको कथित् राई ! जातिको नाममा खुलेको एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्तार्ता राई सर राईनी म्याडमहरुको हाहाहुहु (हुन सक्छ, हजुरहरुलाई उनीहरुबाट दवाव पनि होला !) मा कुद्नु भएन भन्ने यो ‘केहीनजान्ने कुलुङे ढाक्रे !’ को विशेष आग्रह हो । मेरो जिरह छ, जोडदार प्रश्न छ, ‘तपाईँहरु जस्ता पढालेखा, बुद्धिजीवी र डाक्टरसमेत यसरी ‘रातलाई दिन र दिनलाई रात !’ भन्नेहरुको पछि कहिलेसम्म अन्धाधुन्द रुपमा कुद्नु हुन्छ ? हजुरहरु पढेरै बुद्धिजीवी, प्राध्यापक वा डाक्टर भएको हो भने, कम्तिमा भोलि साँच्चै वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा जाति हुनलाई चाहिने कुनै पनि आधार नभएको कथित् राई ! जातिको नाममा खुलेको एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्तार्ता राई सर राईनी म्याडमहरुको हाहाहुहु र दवावमा नकुद्नु होस् ! बरु अब तपाईँहरुमध्ये कोही न कोही तत्कालीन युनान (हाल ग्रिस) का दार्शनिक सुकरात ! भएर निस्कनु होस् । के भनिन्छ भने, त्यो वेलाका धार्मिक गुरुहरुले पृथ्वी चेप्टो छ ! भन्ने मान्यता राख्थे । तर, दार्शनिक सुकरातले अध्ययन गरेर, बुझेर सिद्घान्ततः पृथ्वी चेप्टो होइन, गोलो छ भनेर व्याख्या गरे ! तर, त्यो वेलाको धर्मभीरुहरुको जमातले दार्शनिक सुकरातको मतलाई स्वीकार गर्नुभन्दा उनलाई ‘हेमलक’ नामक विष पिलाएर मारे ! तर, त्यो वेला ‘हेमलक’ नामक विष पिएर मर्न वाध्य भएका दार्शनिक सुकरात सही थिए भन्ने त आज विश्वभरि नै प्रमाणित भएको छ । त्यसैले…।

त्यसैले ‘यलम्बर फाउन्डेसन’ (किरातोलोजी रिसर्च सेन्टर) भन्ने संस्था र तिनका हर्ताकार्तहरु जो डाक्टर !, प्रध्यापक !, … विज्ञ !, …विद !, अनुसन्धाकर्मी !, बुद्धिजीवी ! कामेरडहरु हुनुहुन्छ हजुरहरुलाई यो केहीनजान्ने कुलुङे ‘ढाक्रे’को फेरि पनि के विशेष आग्रह छ भने, कम्तिमा ‘कथित् राई जातिको नाममा खुलेको एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुको उर्दी बाँकी सबै किराती जातिहरुलाई मान !’ भन्दै नहिँड्नु होस् । हुन त यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) का बुद्धिजीवीहरुले यसरी अपिल (उर्दी !) जारी गर्नुअघि भोलि साँच्चै वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा जाति हुनलाई चाहिने कुनै आधार नै नभएको कथित् राई !, लिम्बु, सुनुवार र याक्खा मात्रै नभएर यो देशमा विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा उल्लेख भएका कुलुङलगायत १२ वटा किराती जातिहरु पनि छन् ! भन्ने थाहा नपाएकै हुन् त ? फेरि पनि प्रश्न गर्न सकिन्छ ।

अर्को भनेको यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) वाला कमरेडहरुले भनेको चार किरातीहरुले नै पनि माने, मानेनन ? वा मान्छन्, मान्दैनन् ? प्रश्न छँदैछ । अनि हजुरहरुले गन्ती नै नगरेको हामी (विसं २०६८ को जनगणनामा उल्लेख भएका २८ हजार ६ सय ३३ जना जनसंख्या भएको कुलुङ लगायत १२ वटा किरातीहरु र, थामी, हायु, जिरेल, सुरेल, धिमालहरुले उहाँहरुको उर्दीलाई शिरोपर गर्न कर लाग्ने कुरो पनि भएन होला ! फेरि यलम्बर फाउन्डेसन (किरातोलोजी रिर्सच सेन्टर) का कामरेडहरुलाई थाहा हुनुपर्ने हो, यो जमाना भनेको त्यो जमाना होइन, जुन जमानामा ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन !’ भनी देशैभरिका ढाक्रे, रैती, सन्त–महन्त, साहू–महाजन, फिरंगी, बेपारी, भित्रीया–बाहिरिया–बाहिरिया, आशिर वचन दिने बडागुरु ज्यु, साइत हेर्न पुरोहित सबै–सबैले शिरोपर गर्थे/मान्थे ! त्यो जमाना थियो ‘१०४ वर्षे जहाँ नियाँ राणा शासनको जमाना !’ तर अहिलेको जमना त त्यस्तो जमाना होइन । हुन त आजको जमाना त्यस्तो जमाना होइन भन्ने नबुझेको कहाँ होला र !, यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) का हर्ताकर्ता ज्यहरुले पनि !! तर, के गर्नु … निभाउनै पर्यो ।

त्यसैले आगामी दिनमा किरात, किराती र येले दोङबारेको बहस र छलफल हुँदा वास्तविकता बुझेर सबै किरातीहरुलाई समेटेर लानु होला वा अपिल/उर्दी जारी गर्नु होला भन्ने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार