काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन दशैंपछि कोग्रागत पूर्णिमाको दिनमा परेको छ ।
निर्वाचन आयोगले बिहीबार कार्यतालिका सार्वजनिक गरी असोज २३ गते आइतबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन एकै दिन हुनेछ ।
कार्यतालिकाअनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गतेदेखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीउपज जाँचबुझ गरी निर्णय गरिने छ ।