इलाम : २७ वर्षसम्म नियमित सांसद भएर इलामको विकासका लागि सिन्कोसमेत नभाँचेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई यसपालिको निर्वाचनबाट इमालबाटै बिदा गर्न विपक्ष दलका नेताहरु एकजुट भइरहँदा पछिल्लो समय एमालेकै युवासमेत तात्तिएका छन् ।
इलाम संघीय निर्वाचन क्षेत्र २ बाट व्यवसायी तथा समाजसेवी केशव खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले स्वतन्त्र उम्मेद्धारका रुपमा आफूले उम्मेद्धारी दर्ता गराउने बताएका हुन ।
इलामको क्षेत्र नम्वर २ मा पर्याप्त विकास हुन नसक्दा जनताले दुःख पाएको भन्दै खनालले विकास र समृद्धिका लागि नेम्वाङलाई पराजित गर्नुपर्ने अवस्था रहेको तीतो यथार्थ सुनाउँदै आफूलाई सघाउन पनि सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् । नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि दुई प्रतिशत पनि विकास गर्न नसकेको खनालको दाबी छ । खनालले भनेका छन् आफूलाई जिताउर पठाए मञ्चमा भाषण गर्दा दुर्गम इलामकाे क्षेत्र भनेर भन्नु नपर्ने बनाउने उध्घाेस समेत गरेका छन् ।
तर दलले देशमा विकास गर्न नसकिरहेको आरोप लागिरहेका बेला केशवले स्वतन्त्र रुपमा उम्मेद्धारी घोषणा गरेका हुन । केशवले अढाई दशक बढी समयदेखि एमाले इलामको विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । केही वर्ष अघि उनी विभिन्न खाले नेपाल बन्दमा इलामलाई बन्दमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी २०५३ सालमा एमालेको विद्यार्थी संगठन अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष थिए भने पछि एमाले इलामकै उद्योग तथा वाणिज्य विभागको जिल्ला सदस्य बने । पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट उनले राजीनामा दिएका छन् ।