इलाम : किरात राई यायोक्खा इलामकाे १० औं जिल्ला अधिवेशन इलाम सदरमुकाममा हुने भएको छ । आज सदरमुकाम इलाम बजारमा पत्रकार सम्मेलन गरी यही भदाै २३ र २४ गते गरिने गरी अधिवेशनको सम्पूर्ण तयारी समेत पुरा भएको आयोजकले जानकारी दिएको हो ।
‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नं किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ भन्ने मुख्य नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको अधिवेशनमा २ सय ५० प्रतिनिधिहरुको सहभागीता रहने आर्थीक समितीका सम्योजक रोशन राइले बताए ।
किरात राईहरुको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने अभिप्रायका साथ स्थापना भएको किरात राई यायोक्खा इलामकाे अधिवेशन प्रत्येक तीनबर्षको अवधिमा हुदै आएको छ । अधिवेशनले विगतको समिक्षा, भावी कार्ययोजना निमार्ण र नयाँ नेतृत्व चयन समेत गर्नेछ । अधिवेशनको अवशर पारेर राईसमुदाय बाट निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिने समेत आयोजकले जनाएको छ । साथै अधिवेशनमा राष्ट्रिय स्तरका कलाकारहरुको समेत उपस्थिती हुने बताईएको छ ।