इलामका युवा व्यवसायी किरण पाठकद्धारा खेलाडीलाई टिसर्ट प्रदान

  नयाँ बुलन्द
546 Shares

इलाम : इलामका ३१ जना कराँते खेलाडीलाई  युवा व्यवसायीले टिसर्ट प्रदान गरेका छन् । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी गरिरहेका उनिहरुलाई भान्जा इम्पेक्सका प्रोप्राइटर एबम् समाजसेबी किरण पाठकले टिसर्ट बितरण गरेका हुन ।

हस्तान्तरण पश्चात् पाठकले खेलाडीको खेल विकास र उत्प्रेरण होस भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन् । उनले खेलाडीलाई भान्जा इम्पेक्समा सामान खरिद गनेलाई केही रकम छुट दिने समेत बताएका छन् । यता प्रशिक्षक योगेस चाम्लिङले इलाममा खेलकुद क्षेत्रमा लगानी नभएको अवस्थामा खेलकुद प्रेमीहरूको साथ र सहयोगले अघि बढिरहेको बताए ।

अहिले प्रतियोगितामा जाने खेलाडीलाई २१ गतेबाट २७ गते सम्म बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ । धरानमा भदौ ३० गते देखी असोज २ गते सम्म हुने प्रतियोगिताको तयारी गरिरहेका खेलाडीलाई पाठकले ३० हजार बराबरको सामाग्री हस्तान्तरण गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार