माओवादी केन्द्रद्वारा इलाम क्षेत्र नबर दुईमा उम्मेदवार चयन

  नयाँ बुलन्द
210 Shares

इलाम :  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संघिय निर्वाचन परिचालन समिति इलाम क्षेत्र नं.-२ तथा प्रदेश निर्वाचन परिचालन समिति इलाम क्षेत्र नं.-२(क) र २(ख) को आज बसेको बैठकले उम्मेदवार सिफारिस गरेको छ । जिल्ला समन्वय समिति इलामको सभाहलमा संघिय निर्वाचन परिचालन समिति प्रमुख क.हर्क लावति (कान्छा) को अध्यक्षता तथा पार्टीको केन्द्रिय सदस्य क.धिरेन्द्र शर्मा (रमण) को प्रमुख आतिथ्यतामा बसेको बैठकले इलाम क्षेत्र नं.-२ संघमा प्रत्यक्ष र समानुपातिक गरि ५ जनाको सिफारिस गर्यो भने प्रदेश तर्फ इलाम क्षेत्र नं.-२ (क) र २ (ख) मा १५ जनाको नाम सिफारिस गरेको छ । बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरु जानकारी एवं कार्यान्वयनका लागि यो परिपत्र जारि गरिएको छ ।

इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समिति इलामको सभा हलमा आज भएको बैठकले संघिय निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ को प्रत्यक्ष तर्फ उम्मेदवारमा पार्टीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा (रमण), जिल्ला नेता प्रकाश परियार विद्यार्थी नेता नयन राइ उम्मेदवार सिफारिस गरिएको छ भने समानुपातिक तर्फ टिका देवि घिमिरे र प्रेम नाछिरिङराइको नाम सिफारिस भएको छ । यसै गरि प्रदेश सभा निर्वाचनको लागि प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ (क) को प्रत्यक्ष तर्फ विक्रम लिम्बु र धनकुमार राइ र प्रवाश शर्मा प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ (क) को समानुपातिक तर्फ उर्मिला तामाङ (चन्दा), सोममाया राइ(सिन्धु), कुमार बराइलि, बुद्द्माया सोङ्मि र विक्रमजित राइ प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ (ख) को प्रत्यक्ष तर्फ उम्मेदवारमा हर्क लावति (कान्छा), धिरेन्द्र शर्मा (रमण), साैरभ गुरुङ र विजय खम्बु र प्रदेश निर्वाचन क्षेत्र इलाम क्षेत्र नं.-२ (ख) को समानुपातिक तर्फको उम्मेदवारमा दिपक सिन्चिउरि, शुभमाया राइ र तिल प्रसाद आङथोपोको नाम सिफारिस गरिएको हो ।

बैठकले इलाम निर्वाचन क्षेत्र नं.-२ अन्तर्गतका प्रदेश निर्वाचन परिचालन समिति र पालिकाहरुको बैठक असोज १० गते सम्म सम्पन्न गर्ने, इलाम क्षेत्र नं.-२ मा जनवर्गिय संगठन तथा मोर्चाहरुको भेला तथा बैठक २०७९ असोज १५ गते सम्म सम्पन्न गरिसक्ने, नयाँ पार्टीको सदस्यता विस्तार अभियानका सन्दर्भमा इलाम क्षेत्र नं.-२ अन्तर्गतका २ वटा प्रदेश निर्वाचन क्षेत्र इलाम २(क) र २(ख) मा १०/१० हजार गरि जम्मा २० हजार पार्टी सदस्यता वितरण अभियान संचालन गर्ने निर्णय गरियो गर्ने लगाएतका महत्त्वपूर्ण निर्णय सगै निर्वाचन केन्द्रित विशेष अभियान पास गरेको छ । बैठकले सबै पालिका र जनगर्गिय संगठनबाट रिपोर्टिङ लिएर त्यसको आधारमा संगठनलाइ ब्यवस्थित बनाउने कार्ययोजना समेत निर्माण भएको छ । उम्मेदवारलाइ विजय गराउनको लागि निर्वाचन केन्द्रित अभियानलाइ ब्यवस्थित गर्न प्रतिनिधि सभा निर्वाचन क्षेत्र परिचालन समिति कान्छा लावति-प्रमुख र उर्मिला तामाङ-उपप्रमुख रहेको १००१ सदस्यीय समिति, प्रदेशसभा निर्वाचन क्षेत्र परिचालन समिति इलाम क्षेत्र नं.-२(क)मा सोम माया राई(सिन्धु)-प्रमुख र कुमार बराइलि(अनिल)-उपप्रमुख रहेको ५०१ सदस्यीय समिति र प्रदेशसभा निर्वाचन क्षेत्र परिचालन समिति इलाम क्षेत्र नं.-२(ख) न्युसन राइ -प्रमुख र प्रकाश परियार -उपप्रमुखमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार