तीजको अवसरमा श्रमिकलाई कपडा

  नयाँ बुलन्द
259 Shares

इलाम : हरितालिका तीजको अवसरमा इलाममा श्रमिक महिलाहरुलाई निशुल्क कपडा वितरण गरिएको छ । सदरमुकाममा मंगलवार आयोजित तीज विषेश कार्यक्रमबीच ४० जनालाई साडी चोलो र सिन्दुरलगायत मेकअपका सामाग्री प्रदान गरिएको हो । नगरपालिका क्षेत्रमा विभिन्न श्रम गर्ने महिलाहरुलाई यसअघि समूहले सामूहिक दरसमेत खुवाएको थियो । हरित नगर महिला समूहले आयोजना गरेको कार्यक्रममा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने चन्दा कार्की, सुमित्रा घिमिरे र सुनिता वस्नेतलाई सम्मान गरिएयो । महिलाहरुको महान पर्वको धार्मिक र सांस्कृतिक पाटोलाई भन्दा रमाइलोमा विताउने चलनले विक्रिती वढेको भन्दै आफूहरुले सामाजिक दायित्वसमेत ग्रहण गरेर श्रमिकहरुकालागि कपडा सहयोग गरेको समुहकी अध्यक्ष रिना घिमिरेले वताइन् । समूहले नगर क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा दिनभर विविध सांगितक, सांस्कृतिक गतिविधि संचालन गरिए । इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना, इलाम नगरपालिका ४ का वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलाल, वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार