इलाम : इलामका दश वटा स्थानीय तहमा एक अर्ब भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षणको कार्यालयले हालै सार्बजनिक गरेको प्रतिवेदनमा इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सबैभन्दा धेरै बेरुजु माई नगरपालिकामा देखिएको हो । यो नगरमा ४६ करोड ८६ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको हो । यता कम बेरुजु हुने पालिकामा चुलाचुली गाउँपालिका रहेको छ । यो पालिकामा ५ करोड ८७ लाख १० रुपैयाँ बेरुजु देखिएको छ ।
माई नगरपालिकापछि धेरै बेरुजु इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकामा देखिएको छ । माई नगरपालिकामा २२ करोड ८० लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ भने माई जोगमाई गाउँपालिकामा १५ करोड ८७ लाख ९२ हजार रुपैयाँ देखिएको छ । त्यस्तै सूर्याेदय नगरपालिकामा १३ करोड ४३ लाख ६५ हजार रुपैयाँ बेरुजु देखिएको छ भने रोङ गाउँपालिकामा १२ करोड १० लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ । यता माङसेबुङ गाउँपालिकामा ९ करोड ८७ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिकामा ८ करोड ४१ लाख ७५ हजार रुपैयाँ बेरुजु देखिएको छ भने सन्दकपूर गाउँपालिकाको बेरुजु ६ करोड ५५ लाख ६० हजार रुपैयाँ रहेको छ । उता देउमाई नगरपालिकाको बेरुजु रकम ६ करोड १५ लाख १४ हजार रुपैयाँ देखिएको छ ।
महालेखाको प्रतिवेदन २०७९ अनुसार माई नगरपालिकाको गतवर्ष बेरुजु रकम ४२ करोड ९९ लाख ९ हजार रहेको र यस वर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौंट एवं यो वर्ष कायम भएको बेरुजुसमेत हालसम्मको अध्यावधिक बेरुजु ४६ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । माई नगरपालिकामा श्रोत साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदान रकमको पर्याप्त अनुगमन नभएको, बितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको महालेखा परीक्षणको प्रतिवेदनमा औंल्याइएको छ ।
इलामका १० वटा स्थानीय तहमा देखिएको बेरुजु :–
स्थानीय तह बेरुजु रकममाई जोगमाई गाउँपालिका १५ करोड ८७ लाख ९२ हजार
माई नगरपालिका ४६ करोड ८६ लाख ९६ हजार
फाकफोकथुम गाउँपालिका ८ करोड ४१ लख ७५ हजार
रोङ गाउँपालिका १२ करोड १० लाख १० हजार
देउमाई नगरपालिका ६ करोड १५ लाख १४ हजार
सूर्याेदय नगरपालिका १३ करोड ४३ लाख ६५ हजार
सन्दकपूर गाउँपालिका ६ करोड ५५ लाख ६० हजार
इलाम नगरपालिका २२ करोड ८० लाख ३० हजार
चुलाचुली गाउँपालिका ५ करोड ८७ लाख १० हजार
मङ्सेबुङ गाउँपालिका ९ करोड ८७ लाख ४७ हजार
जम्मा १ अर्ब ४७ करोड ९६ लाख २६ हजारश्रोत ः महालेखापरीक्षकको बार्षिक प्रतिवेदन २०७९
इलामका आठ वटा स्थानीय तहले नियम बिपरित अनाधिकृत रुपमा करारमा कर्मचारी नियुक्त गरेर धेरै रकम बेरुजु गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४, को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्य बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा संगठन संरचना गरी स्थायी प्रकृतिको कामको तथा सेवा करारबाट लिइने कर्मचारीको दरवन्दी प्रस्ताव गर्नु पर्ने र अस्थायी दरवन्दी सृजना गर्न नसकिने ब्यवस्था हुँदा हुँदै इलामका आठ स्थानीय तहले आफू खुशी कर्मचारी नियुक्त गर्दा ३ करोड २० लाख भन्दा बढी रकम बेरुजु देखिएको हो ।
माई नगरपालिका :
माई नगरपालिकामा पाँच जना कर्मचारी नियम बिपरित नियक्त गरेको पाइएको छ । यो नगरमा नियुक्त गरिएका कर्मचारीलाई दिइएको तलब र भत्ताको १७ लाख १४ हजार ३ सय ९० रुपैयाँ रकम बेरुजु देखिएको छ । माई नगरपालिकाले एक जना सब इन्जिनियर, असिस्टेण्ड सब इन्जिनियर ३ जना र ल्याव टेक्निसियन एक जना गरी करारमा ५ जना कर्मचराी नियुक्त गरेको हो ।
फाकफोकथुम गाउँपालिका :
फाकफोकथुम गाउँपालिकाले आठ जना करारमा कर्मचारी नियुक्त गरी २९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ कर्मचारीका लागि तलव भत्ता उपलब्ध गराएको छ । यो गाउँपालिकाले एक जना इन्जिनियर, सब ईन्जिनीयर ४ जना, असिस्टेण्ड सब इन्जिनियर २ जना र कम्प्यूटर अपरेटर १ गरी आठ जना कर्मचारी नियुक्त गरेको हो ।
रोङ गाउँपालिका :
रोङ गाउँपालिकाले २७ जना करारमा कर्मचारी नियुक्त गरेको पाइएको छ । यो पालिकाले सबै भन्दा धेरै कर्मचारी १२ जना सहायक कम्प्युटर अपरेटर राखेको छ भने २ जना इन्जिनियर, २ जना ना प्र से प्रा , १ जना खेल प्रशिक्षक,एक जना आईटी अफिसर, एक जना प्रविधिक सहायक, एक जना आर्रकेटिक इन्जिनियर, एक जना अमिन र एक जना वाली संरक्षण पदमा कर्मचारी नियुक्त गरेको हो । उनीहरुका लागि पालिकालेले बर्ष भरिमा २७ लाख ४७ हजार रुपैयाँ तलव भत्ता प्रदान गरेको छ ।
देउमाई नगरपालिका :
देउमाई नगरपालिकाले ७६ जना करारमा कर्मचार िनियुक्त गरेको पाइएको छ । यो नगरपालिकाले कर्मचारीका लागि तलव भत्ता बापत एक करोड २७ लाख ४० हजार ९ सय ६४ रुपैयाँ खर्च गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यक्स्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । पालिकाले विभिन्न पदमा ७६ जना कर्मचारीहरु करारमा यतिका रकम खर्च लेखेको छ । त्यसैगरी सोही ऐनको दफा ८३(८) वमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक,सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्टीसियन, चौकिदार, मालि, बगैँचे लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद बाहेकको ईन्जिनीयर १ जना, खरिदार २ जना , असिस्टेण्ड सव ईन्जिनियर एक जना, खेल शिक्षक २ जना , सहायक कम्प्यूटर अपरेटर १० जना अमिन १ जना ना.प्रा.स. १ जना,फार्मेसि असिसटेन्ट एक जना, ल्याब टेक्निसियन १, रेडियोग्राफी १, अ हे व २, अनमी १, हेल्थ असिस्टेण्ड एक जना गरी २४ जना कर्मचारीलाई प्रदान गरेको तलव ८३ लाख ७६ हजार ८ सय १० रुपैयाँ बेरुजु देखिएकाले सो रकप फिर्ता गर्न महालेखाले देउमाई नगरपालिकालाई निर्देशन दिएको छ ।
सूर्याेदय नगरपालिका :
सूर्याेदय नगरपालिकाले नियम बिपरित ८९ जना करारमा कर्मचारी राखेको पाइएको छ । उनीहरुका लागि पालिकाले ७४ लाख ७७ हजार ७ सय ७० रुपैयाँ तलब भक्ता उपलब्ध गराएको छ । यो रकम सबै बेरुजु देखिएको छ ।
स्था
नीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर पालिकाले विभिन्न पदमा ८९ जना कर्मचारीहरु करारमा राखी २ करोड ५७ लाख ६४ हजार सय ५ रुपैयाँ खर्च लेखेको छ । त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३(८) वमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्टीसियन, चौकिदार, माली ,बाँचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको १२ सहायक कम्प्युटर अपरेटर, २ जना इन्जिनियर , २ जना ना पसे प्रा, एक जना खेल, प्रशिक्षक, एक जना आइटी अफिसर, १ जना प्राविधिक सहायक, १ जना आर्किटेक्ट इन्जिनियर, १ जना अमिन र १ जना बाली संरक्षण पदमा करार नियुक्ति गरी बर्षभरीमा रु. ७४ लाख ७७ हजार ७ सय ७० रुपैयाँ भुक्तान गरेको रकम फिर्ता गर्न महालेखाको निर्देशन छ ।
इलाम नगरपालिका :
इलाम नगरपालिकामा ८१ जना करारमा कर्मचारी राखेर ४४ लाख ८७ हजार ९ सय १० रुपैयाँ तलब भत्ता प्रदान गरेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । पालिकाले विभिन्न पदमा ८१ जना कर्मचारीहरु करारमा राखी रु.१ करोड ८२लाख ६१ हजार ७ सय ३१ रुपैयाँ खर्च लेखेको छ ।
त्यसैगरी सोही ऐनको दफा ८३(८) मा पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्वर, इलेक्ट्रीसियन, चौकिदार, माली , बगैँचे लगायतका (पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको सव ईन्जिनियर ४, कम्प्यूटर अपरेटर ५, सहायक कम्प्युटर अपरेर ५, अमिन १ ना.प्रा.स. १ गरी १६ जना करार नियुक्ति गरी बर्षभरीमा उनीहरुका लागि तलब भत्ता सुविधा बापत ४४ लाख ८७ हजार ९ सय १० भुक्तानी गरेकाले उक्त खर्च नियमसम्मत नदेखिएको महालेखाले जनाएको छ ।
चुलाचुली गाउँपालिका ः
चुलाचुली गाउँपालिकाले नियम विपरित नियुक्त गरेको तीन जना कर्मचारीलाई १४ लाख १५ हजार ९ सय ३० रुपैयाँ तलब भक्ता उपलब्ध गराएको पाइएको छ । यो पालिकाले अनमी १, कानूनी सल्लाहकार १ र कृषि शाखा परामर्श एक जना गरी तीन जना कर्मचारी नियुक्त गरेको हो ।
माङसेबुङ गाउँपालिका :
यो गाउँपालिकाले विभिन्न पदमा ७६ जना करारमा कर्मचारी नियुक्त गरेको छ । त्यस मध्ये १२ जना कर्मचारीलाई दिइएको पारिश्रमिक वेरुजु देखिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । पालिकाले विभिन्न पदमा ७६ जना कर्मचारीहरु करारमा राखी १ करोड २७ लाख ४० हजार ९ सय ६४ रुपैयाँ खर्च लेखेको छ । त्यसैगरी सोही ऐनको दफा ८३(८) वमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्टीसियन, चौकिदार, मालि, बगैँचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको, अ हे व ४, अनमी ५, भाषिक कर्मचारी १ अमिन १ सामाजिक परीचालक १ गरी १२ जना कर्मचारी करार नियुक्त गरी निजहरुको तलब भत्ताबापत बर्षभरीमा .२८ लाख ३ हजार ४० रुपैयाा रकम बेरुजु देखिएको हो । ins न्युज