इलामः नेपाली काग्रेस इलामले अहिले उमेद्धवार सिफारिसमा केन्द्रित भएको छ । संघ र प्रदेशको निर्वाचनको मिति नजिकिदैँ जाँदा केन्द्रिय कार्यसमिति बैठकले देशभर उमेद्धवार सिफारिस गर्न निर्देशन दिएपछि इलाम काग्रेस उमेद्धवार सिफारिसमा केन्द्रित भएको हो ।
नेपाली काग्रेस इलाम क्षेत्र नम्बर १ का सभापति समसेर राईका अनुसार केन्द्रिय समितिको निर्देशन अनुसार काग्रेसको जिल्ला समितिले भदौको १८ गते सम्ममा संघ र प्रदेश निर्वाचन क्षेत्रका आकाक्षिहरुको नाम सिफारिस गर्नुपर्नेछ ।
नेपाली काग्रेस प्रदेश निर्वाचन समितिले भदौ १४ गते भित्रमा संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिमा उमेद्धवार सिफारिस गर्नुपर्ने हुन्छ । क्षेत्रीय कार्यसमितिले प्रदेशको सिफारिसबारे राय सहित भदौ १६ मा जिल्ला कार्यसमितिमा प्रदेश र संघीय निर्वाचनका उमेद्धवारहरुको सिफारिस गर्नुपर्ने हुन्छ । संघीय निर्वाचन क्षेत्रका उमेद्धवारहरुको सिफारिसको काम प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, संघीय निर्वाचन क्षेत्र कार्यसमिति, माहासमिति सदस्य र माहाधिवेश प्रतिनिधि सहभागि बैठकबाट हुनेछ । प्रदेश र संघीय निर्वाचन क्षेत्रीय समितिले पठाएको उमेद्धवारको नामावलीमा जिल्ला कार्यसमितिको बैठकले १८ गते भित्र प्रदेश समितिमा सिफारिस गर्नुपर्ने हुन्छ ।
को को छन्, संघ र प्रदेश निर्वाचमा उमेद्धवारका आकाक्षि?
इलामको संघीय निर्वाचन क्षेत्रमा २०७४ को चुनावमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उमेद्धवार झलनाथ खनाल र सुवास नेम्बाङ बिजयी भएका थिए । इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल र क्षेत्र नम्बर २ मा सुवास नेम्बाङ निर्वाचित भएका थिए ।
एमाले नेता झलनाथ खनाल अहिले एकिकृत समाजवादीका सम्मानित नेता छन् । एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी पार्टीको सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा नेपाली काग्रेसको तर्फबाट जिल्ला सभापति डम्बर खड्का, टिकाराम लेप्चा र भुपेन्द्र कट्टेलको नाम चर्चामा छ ।
खड्का जिल्ला सभापति भएका हिसाबले स्वत उमेद्धवारीमा दाबी रहनेछ । टिकाराम लेप्चा ८ औ आठौ महाधिवेशनदेखि निरन्तर महासमिति सदस्य रहेका काग्रेसका नेता हुन् । उनी २०६४ को संविधान सभाका समानुपातिक संसाद हुन् । भुपेन्द्र कट्टेल २०७४ को निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट क्षेत्र नम्बर १ का उमेद्धवार हुन् ।
नेपाली काग्रेसको तर्फबाट इलाम क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र १ मा उद्धव पौडेल, हरि लुइटेल, हुकुमलाल थेवे र देवेन्द्र राईको नाम चर्चामा छन् । पौडेल शिक्षक र लुइटेल पूर्व शिक्षक हुन् । हुकुमलाल थेवे नेपाल काग्रेसका पुराना नेता हुन् । देवेन्द्र राई अघिल्लो पटक यही निर्वाचन क्षेत्रबाट नेपाली काग्रेसको उमेद्धवार रहेका थिए ।
त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर १ को ख मा समसेर राई, निस्कल राई र बिष्णु कार्कीको नाम चर्चामा छ । समसेर राई नेपाली काग्रेस संघीय निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापित हुन् । उनी रोङ गाउँपालिकाको पूर्व अध्यक्ष पनि हुन् । निस्कल राई यहि निर्वाचन प्रदेश क्षेत्र ख का सभापति हुन् । काठमाडौँ बसेर लामो समय विद्यार्थी राजननिती गरेका राईले पछिल्लो पटक सक्रिय राजनीतिमा लागेका छन् ।
माई नगरपालिका निवासी बिष्णु कार्की इलामका युवा नेता हुन् । सामाजिक संघ संस्थामा क्रिसासिल रहेर राजनीतिलाई निरन्तरता दिँदै आएका कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा माई नगरपालिका प्रमुखमा नेपाली काग्रेसको तर्फबाट उमेद्धवार रहेका थिए ।
नेपाली काग्रेसको तर्फबाट इलाम क्षेत्र नम्बर २ मा ५ जनाको नाम चर्चामा रहेको छ । नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला सभापतिका उमेद्धवार भेषराज आचार्य, वेनुपराज प्रसाई, केशव थापा, डम्बर खड्का र रमेश लिङ्देनले आफ्नो उमेद्धवारी दाबी गरिरहेका छन् । संघीय निर्वाचन क्षेत्र २ मा एमालेका सुवास नेम्बाङको उमेद्धवारी पक्बापक्कि जस्तै छ ।
यो निर्वाचन क्षेत्रमा भेषराज आचार्यले २०७० संविधानसभाको निर्वाचनमा सुवास नेम्बाङसँग चुनावी प्रतिस्पर्धा गरेका थिए । केशव थापाले २०६४ को संविधानसभाको निर्वाचनमा र २०७४ को संघीय निर्वाचनमा यो क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । डम्बर खड्का जिल्ला सभापति भएको हैसियतले दाबी रहने काग्रेसका एक नेता बताए । बेनुपराज प्रसाईले पनि यो निर्वाचन क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । अर्का काग्रेस नेता रमेश लिङ्देनले पनि यो निर्वाचन क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
इलाम क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र क मा गोविन्द गिरि, पूर्ण गौतम, राजेन्द्र सर्मा र निरोज खड्गीको नाम चर्चामा रहेको छ । गोविन्द गिरि नेपाल काग्रेसको पूर्व क्षेत्रीय सभापति हुन् । पूर्ण गौतम र निरोज खड्गी नेपाल काग्रेस जिल्ला सचिव हुन् । त्यस्तै राजेन्द्र सर्मा नेपाली काग्रेसको युवा नेता हुन् ।
त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र ख मा प्रेमिका राना मगर र शान्तिकला तामाङको चर्चा छ । शान्तिकला तामाङ नेपाली काग्रेसको पूर्व जिल्ला उप–सभापति हुन् भने प्रेमिका रानामगर महाधिवेसन प्रतिनिधि हुन् ।