जिल्लाको सुरक्षामा तैनाथ भएर लाग्छु : इलाम प्रहरी प्रमुख दिलिप घिमिरे

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामका प्रमुख प्रहरी प्रमुख दिलिप घिमिरेले जिल्लाको सुरक्षामा आफु तैनाथ भएर लाग्ने बताएका छन । भर्खरै सरुवा भएर इलाम आईपुगेका उनले आज नेपाल पत्रकार महासंघमा भएको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन ।

घिमिरेले सञ्चारकर्मी र सुरक्षाकर्मी विचको सुमधुर सम्वन्ध कायम गर्ने गरि अघि बढ्नु पर्नेमा समेत जोड दिए ।

पत्रकारको नाम गरेर जनतालाई भ्रामक सूचना सम्पेक्षण गर्ने गिरोह सक्रिय रहेकाले सोबाट बच्नु पर्ने र पत्रकारहरुले पनि सत्यतथ्य सूचना सम्प्रेक्षणमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

यस्तै भारतसँग सिमा रहेको इलामको सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले सबै जनताले सकारात्मक सोचका साथ एक आपसमा सहयोग गर्नुपर्ने बताएका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार