झापा : झापाको बिर्तामोडमा पूजाज कलेक्सनले व्यवसायिक सेवा विस्तार गरेको छ । काँकडभिट्टा रोडमा रहेको कलेक्सनले नयाँ बिल्डिङको चार वटा तल्लामा सेवा विस्तार गरेको हो ।
बिर्तामोडका विभिन्न संघसंस्थामा आवद्ध पुजा अग्रवाल र नवीन अग्रवालले सञ्चालनमा ल्याएको पूजाज कलेक्सनको बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईं र माता मन्दिरकी माता पद्मादेवी सेढाइले रिबन काटेर उद्घाटन गरेका थिए ।
आज कृष्णजन्माष्टमीको शुभ सहित पारेर सोरुमको उद्घाटन गरिएको कलेक्सन झापाकै ठुलो फेन्सी कपडाको सोरुम भएको सञ्चालकले दावी गरेका छन् ।
महिला,पुरुष र बालबालिकाहरूको सबैखाले कपडाहरू उपलब्ध रहेको सोरुममा विवाहका पहिरनसहित महिला र पुरूषका लागि आधुनिक ब्रान्डेड कपडाहरू खुद्रा मूल्यमा पाइने सञ्चालक नवीन अग्रवालले बताए ।
बिर्तामोडमा एकै ठाउँ सबै प्रकारका लत्ताकपडाहरू उपलब्ध नभएर अन्य विभिन्न सहर सम्म पुग्ने सेवाग्राहीहरूलाई बिर्तामोडमै सेवा उपलब्ध गराउने लक्ष्य राखेर पूजाज कलेक्सनको सेवा विस्तार गरिएको अग्रवालको भनाई रहेको छ