योङहाङ जनप्रतिनिधिहरुलाई कुल वंश प्रतिष्ठानद्वारा बधाई समाराेह

नवनिर्मित हिलिहाङ संग्रहालय. पुनर्निमार्धिन हिलिहाङ दरबार र वंशावलीकाे चर्चा

  अतित योङहाङ
665 Shares

विर्तामोड : शुक्रबार विर्तामाेड झापामा योङहाङ कुल वंश प्रतिष्ठानले योङहाङ जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम राख्याे । किरात योङहाङ कुल वं‌श प्रतिष्ठान केन्द्रीय कार्यालय सिबसताक्षी-१० झापाले साे कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा गत स्थानीय तह निर्वाचन २०७९ वैशाख ३१ मा  विजयी हुने योङहाङ वंशका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएइकाे हाे ।  विभिन्न नगरपालिका, गाउँपालिका तथा वडाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष,  जिल्ला समन्वय समिति सदस्य, वडाध्यक्ष, तथा वडा सदस्यहरुलाई प्रतिष्ठानले प्रशंसाापत्र वितरण गरेका थिए ।

नवनिर्वाचित योङहाङ जनप्रतिनिधिहरुमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा र माेरङका २८ जना योङहाङ जनप्रतिनिधिहरु थिए । जसमा एकजना  नगरप्रमुख, एकजना गाउँपालिका उपाध्यक्ष, एकजना जिल्ला समन्‍वय समिति सदस्य,  १० जना वडा अध्यक्ष र १५ जना वडा सदस‍यहरु छन् ।

माइ नगरपालिकाका नगरप्रमुख खम्बासिंह योङहाङ (इलाम), चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष  दिलु योङहाङ (इलाम), जिल्ला समन्वय समिति पाँचथरका सदस्य टेकराज योङहाङ निर्वाचित भएका छन् ।

त्यस्तै माइ नगरपालिका वडा नं. ६  वडा अध्यक्ष खड्गसुन्दर योङहाङ(इलाम), माङसेबुङ गाउँपालिका वडा नं. १ र ४ का वडा अध्यक्षहरु क्रमश. भूपाल योङहाङ र नवीन योङहाङ (इलाम),  फाकफाेकथुम गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष छत्र योङहाङ (इलाम), निर्वाचित छन् ।

त्यसरीनै याङवरक गाउँपालिका वडा नं. २ र ६ का का वडा अध्यक्षहरु क्रमश. देउकुमार योङहाङ र अमृत योङहाङ राेहित (पाँचथर), हिलिहाङ गाउँपालिका वडा नं. ३ र ६ का वडा अध्यक्षहरु क्रमश. विरेन्द्र कुमार योङहाङ र गणेश योङहाङ(पाँचथर), निर्वाचित छन् ।

त्यस्तै हल्दिबारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रत्न कुमार योङहाङ (झापा), शिवसतासी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष विक्रम योङहाङ (झापा), छन् । त्‍यस्तै शिवसतासी गाउँपालिका वडा नं. ९ का वडा सदस्य दलप्रसाद योङहाङ छन् (झापा), पथरी शनिश्चरे नगरपालिका वडा नं . ८ का वडा सदस्य शान्ता योङहाङ  (माेरङ), सिरिजङ्गा गाउँपालिका वडा नं. ६ का वडा सदस्य रीता कुमारी योङहाङ (ताप्लेजुङ) निर्वाचित छन् ।

त्यसरीनै माङसेबुङ -१ का वडासदस्य  राेचक योङहाङ (इलाम),  फाकफाेकथुम-७ का वडा सदस्य मेयरसि‌ंह योङहाङ (इलाम), माइ-६ का वडा सदस्य सुरविर योङहाङ (इलाम), फाकफाेकथुम-४ गजेन्द्र योङहाङ (इलाम), फाकफाेकथुम-७ का वडा सदस्य असार योङहाङ (इलाम), माइ-३ का वडा सदस्य देउमान योङहाङ (इलाम), माइ-१ का वडा सदस्य मिन प्रसाद योङहाङ (इलाम) र देउमाई नगरपालिका-४ का वडा सदस्‍य पदम योङहाङ (इलाम), निर्वाचित छन् ।

तस्तै हिलिहाङ-४ का वडा सदस्यहरुमा विनाेद योङहाङ र टेकराज योङहाङ (पाँचथर), हिलिहाङ-५ र ६ मा क्रमश. छबिन्द्र योङहाङ र सुस्‍मा योङहाङ (पाँचथर) र याङवरक-६ का वडा सदस्‍य विजय योङहाङ निर्वाचत छन् ।

निर्वाचित सबै योङहाङ जनप्रतिनिधिहरुलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेकाे हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्क बहादुर योङहाङ लिम्बू, प्रतिष्ठानका अध्‍यक्ष धनराज योङहाङ तथा महासचिव नन्दराज योङहाङले प्रशंसापत्र वितरण गरेर बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमकाे अर्काे पाटाेमा विभिन्न क्षेत्रमा आवद्ध योङहाङ वंशका व्यक्तित्वहरु अतिथिको रुपमा आमन्त्रित थिए । कार्यक्रममा  निजामति क्षेत्रका अधिकृत, शिक्षण क्षेत्रका प्रध्यानाध्यापक लगायत सरकारी तथा संस्थानहरुमा आबद्ध कर्मचारी, समाजसेवी, युवापिडी, पत्रकार लगायतकाे आतिथ्यता  तथा सहभागिता रहेकाे थियो ।

कार्यक्रममा योङहाङ समाज इलामका अध्यक्ष पञ्चबहादुर योङहाङ, फाकफाेकथुम गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार योङहाङ, जिल्ला समन्वय समिति पाँचथरका सदस्य टेकराज योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

“योङहाङ एकता आजकाे आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि हर्कबहादुर योङहाङ लगायत युवाहरुले मन्तव्यकाे क्रममा सबै भन्दा पहिले योङहाङकाे अस्तित्व खाेज अनुसन्धान पहिचान गरी योङहाङहरुलाई मुलुका सबै क्षेत्रमा अब्बल बन्न प्रेरित गरेका थिए । मुलुककाे सबै भन्दा महत्वपूर्ण क्षेत्र राजनीति र कर्मचारी क्षेत्रमा प्रवेश गर्न योङहाङहरु लाग्नुपर्ने वहाँहरुकाे सुझाव थियो ।

कार्यक्रममा आमन्त्रित  अतिथिहरुलाई आयोजककाे तर्फबाट मायाको चिनाे वितरण गरिएकाे थियो ।

नवनिर्मित हिलिहाङ संग्रहालय. पुनर्निमार्धिन हिलिहाङ दरबार र वंशावलीकाे चर्चा: 

कार्यक्रममा सहभागी अतिथिले राखेकाे “योङहाङहरुकाे वंशावली प्रकाशन हुन किन ढिलाे भयाे भन्ने ?” भन्ने प्रश्नमा विशेष समय माग्दै वंशावली निर्माण उपसमितिका संयोजक अमृत योङहाङले प्रष्टाएका छन् । वहाँले भन्नुभयाे- हामीले गत वर्षकाे माघ महिनामा वं‌शावलीकाे पहिलाे संस्करण निकाल्ने तयारी गरेका थियौ तर काेभिड १९ का कारण काम सम्पन्न हुन सकेन, आगामी माघमा भने हामी प्रकाशन गरेरै छाड्छाैँ ।”

वहाँले थप्नुभयाे- यहि २०७९ भाद्र महिनाकाे १५ गते सम्ममा टाईपिङकाे काम सक्छाैँ  र प्रिण्ट गर्छाैँ । त्यसपछि २ महिना भने करेक्सनमा लाग्छाैँ । करेक्सनमा सहयोग गर्न सबै क्षेत्रका योङहाङहरुलाई सहयोग गर्न समेत वहाँले अनुराेध गरे ।

त्यस्तै कार्यक्रममा नवनिर्मित हिलिहाङ संग्रहालय र पुनर्निमार्धिन हिलिहाङ दरबारकाे चर्चा चलेकाे थियाे । योङहाङहरुकाे गौरव तत्कालिन हिलिहाङ राजाले शासन गर्दा भएकाे हिलिहाङ दरबारकाे बारेमा सबैलाई थाहै छ ।

हिलिहाङ गाउँपालिका वडा नं. ४ मा अवस्थित दरबार जीर्ण अवस्थामा रहेकाे तर साेही स्थानमा ४ करोड लागतमा विशाल हिलिहाङ संग्रहालय निर्माण भईसकेकाे छ । यसमा प्रदेश सरकार र स्थानीय सरकार हिलिहाङ गाउँपालिकाकाे लागत साझेदारीमा बजेट बिनियोजन भएकाे थियो ।

त्यस्तै हिलिहाङ दरबारकाे पुनर्निर्माण भई रहेकाे छ । प्यागोडाशैलीमा निर्माण हुँदै गरेकाे विशाल हिलिहाङ दरबारकाे अनुमानित लागत ६ कराेड रहेकाे छ । बजेट समेत गत आर्थिक वर्ष २०७८/७९ काे संघीय सरकारकाे बजेटबाट ६ कराेड बिनियोन भई हाल दरबारकाे २ तला निर्माण भईसकेकाे छ प्रतिष्ठानका सचिव प्रकाश योङहाङले बताए ।

दरबार र संग्रहालय निर्माणकाे लागि बजेट व्यवस्थापनमा भने सहजकर्ताकाे भूमिका हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर लिम्बूले गरेका हुन् । योङहाङ हिलिहाङ योङहाङका सन्दर्भमा तथा भाषा, लिपी, सस्कार, संस्कृति क्षेत्रका इतिहासविद्, खाेजकर्ता, अनुसन्धानकर्ता समेत हुन् । वहाँले ‘हिलिहाङकाे इतिहास’ खाेजमुलक पुस्तक समेत प्रकाशन गरि बजारमा ल्याईसकेका छन् ।

साथै  थुप्रै गीति एल्बमहरु सार्वजनिक भई सकेका भने उनले रचना गरेका दर्जन भन्दा बढी लिम्बु तथा नेपाली गीतहरु रेकर्ड भई बजारमा आइसकेकाे छन् र लाेकप्रिय समेत छन् ।

 

हिलिहाङ सम्बन्धि थप अध्ययन गर्नुहाेस् :

हिलिहाङ दरबार र विकासको सम्भावना

 

पाँच दिन लामो हिलिहाङ महोत्सव सम्पन्न

 

पुर्खा खोज्दै योङहाङ

लिम्बुवानका राजा हिलिहाङको शालिक बन्दै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार