इलाममा निर्वाचनको माहोल, उम्मेदवारी घोषणा गर्न होडबाजी

  नयाँ बुलन्द
742 Shares

इलाम : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै इलाममा संघीय संसद र प्रदेश संसदको सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १० वटै पालिकामा निर्वाचनको माहोल छाउँदै गरेको देखिन्छ । प्रदेशदेखि केन्द्र स्तरका दलका नेताहरु दिनहुँजसो कार्यकर्ता भेटघाटमा व्यस्त भेटिन्छन् भने कतिपयले उम्मेदवारीसमेत घोषणा गर्न भ्याइसके ।

ऐतिहासिक हिसाबले इलाम एमालेकाे गढ मानिन्छ ।  २०७४ को निर्वाचनमा जिल्लामा कांग्रेस कमजोर देखिएकाे थियाे । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी एकता भएको थियो । जसका कारण कांग्रेस कमजोर सावित भयो ।  जिल्लामा  २ वटा निर्वाचन क्षेत्र रहेका छन् । दुबैमा एमालेले जित्न सफल भएको थियो तर यसपटकको अवस्था फरक छ ।

एमाले पनि टुक्रिएकाे छ भने माओवादी छुटिएकाे छ । अहिले कांग्रेस, माओवादीसहितको पाँच दलीय गठबन्धन एकातिर छ भने सत्ता बाहिर रहेका एमालेसहितका केही दलबीच चुनावी एकता हुने सम्भावना छ । यसैबीच उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार