इलाम : इलाम नगरपालिका भित्र निमार्ण भएका विकास योजनाको अनुगमन लाई नगरपालीकाले तिब्रता दिएको छ । नयाँ आर्थिक बर्ष सुरु भए संगै नगरपालीकाले १२ वटै वडामा निमार्ण भएका योजनाको अनुगमनलाई चुस्त बनाएको हो ।
शुक्रवार नगर उपप्रमुख बिष्णु दाहालको अगुवाईमा वडा न १० मा निर्माण भइरहेको योजनाको अनुगमन गरिएको छ । वडामा निर्माणाधिन अवस्थामा रहेको मुर्तिडाडा प्रकाश पार्क , सिलपुर-काईलाटार माईखोला सडक , नदि कटान क्षेत्र माईखोला टापु लगायत स्थानको निरिक्षण गरिएको हो ।
निर्माण भएका योजनाको दिगोपाना र गुणस्तरिय कायम राख्नका लागि अनुगमन आवस्यक रहेको वडा अध्यक्ष ओम नाथ प्रधानको भनाई छ ।
यता नगरमा भएका सबै योजनाको अनुगम गर्ने र गुणस्तरीय भए नभएको चेकजाँच गर्ने बताउदै इलामलाई नमुना नगरपालिका बनाउनेमा सबैलाइ हातेमालो गरी अगाडी बढनु पर्ने नगर उपप्रमुख बिष्णु कुमारी दाहालले बताइन । उनले कुन ठाउँका के आवश्यक छ त्यसको पहिचान गरेर स्थानीय नागरिक संग छलफल गरेरमात्र योजना संचालक गरिने समेत बताईन ।
शुक्रबार गरिएको अनुगमन टोलीमा इलाम नगरपालिका इन्जिनियर , वडा नं. १० का वडाअध्यक्ष ओमनाथ प्रधान, स्थानीय नागरिक साथै पत्रकारको उपस्थिति रहेको थियो ।