फोनिज पाँचथरद्वारा दुई पत्रकार पुरस्कृत

पाँचथर : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले दुई जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको हो ।

‘फोनिज पत्रकारिता पुरस्कार-२०७९’ पुरस्कारबाट फोनिज पाँचथरका पूर्व अध्यक्ष कबिन्द्र शेर्मा पुरस्कृत भएका छन् । शेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले ५० हजारको राशि सहित पुरस्कृत गरेको छ ।

यस्तै, ‘फोनिज उदयमान पत्रकारिता पुरस्कार-२०७९’बाट सुनिता खजुम पुरस्कृत भइन । उनले नगद ५ हजार ५ सय ५५ रुर्पौँयाको पुरस्कार प्राप्त गरिन । पुरस्कृत दुवैलाई प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार