तेह्रथुममा कांग्रेस बलियो ।

सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधी सभाको चुनाव एकैपटक गर्ने घोषणा गरेपछि मुलुकभर चुनावी माहोल चर्चा परिचर्चा सुरु भएको छ ।

  टिआर सेनेहाङ
14.9k Shares

तेह्रथुम, साउन
सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधी सभाको चुनाव एकैपटक गर्ने घोषणा गरेपछि मुलुकभर चुनावी माहोल चर्चा परिचर्चा सुरु भएको छ । यसैबिच तेह्रथुममा पनि नेपाली कांग्रेस र नेकपा एमाले लगायत मुख्य दलमा चुनावी तयारी सुरु भैसकेको छ । यसपटक तेह्रथुममा नेपाली कांग्रेस बाट प्रतिनिधी सभामा पुर्व सांषद तुलसी सुब्बा र पुर्वराज्यमन्त्री सिता गुरुङको चर्चा छ । उहाहरु हाल दुवैजना टिकट ल्याउने होडमा राजधानीमा नेताहरु संग भेटघाट र छलफलमा व्यस्त छन् ।

२०७४ सालको निर्वाचनमा तेह्रथुम बाट प्रत्यक्षमा नेपाली कांग्रेसको तर्फबाट पार्टीको केन्द्रिय सदस्य समेत रहनुभएका सिता गुरुङ चुनावी प्रतिस्पर्धामा रहनुभएको थियो । त्यसताका पुर्व सांषद तुलसी सुब्बाले सम्पूर्ण शक्ती प्रयोग गरेर गुरुङलाई जिताउन प्रयत्न गरेका थिए । तर बाम गठबन्धनको नाममा ६ हजार मत रहेको माओवादी केन्द्र एमाले संग समाहित पछि नेकपा एमालेबाट भवानी खापुङ निर्वाचित भएका थिए । त्यसबखत बाम गठबन्धन रहदा समेत २ हजार २१ मतले मात्र एमालेले बिजय प्राप्त गरेको तेह्रथुमा यसपटक सोझै कांग्रेसले जित हासिल गर्ने नेताहरुको अनुमान छ । किनभने यसपटक माओवादी केन्द्र र नेकपा एस लगायत ५ दलको साथ नेपाली कांग्रेस संग छ भने एमाले एक्लै चुनावी मैदानमा छ । जिल्लामा माओवादीको मात्रै कम्तीमा ५ हजार मत रहेको माओवादी नेताहरुले बताएका छन् । त्यस्तै एमालेबाट फुटेको नेकपा एसको मत कम्तीमा २ हजार र अन्य साना दलहरुको पनि २ हजार नै मत रहेको नेताहरुको विश्वास छ । यो अंकगणितले यसपटक तेह्रथुममा माओबादी,नेकपा एस लगायत अन्य दलको मत कम्तीमा ९ हजार रहेकाले कांग्रेसले कम्तीमा ५ देखी ७ हजारको मतान्तरमा एमालेलेलाई पराजित गर्ने अवस्था छ ।

कांग्रेस जित नजिक भएसंगै उम्मेद्धवार छान्न केन्द्रिय कमिटीलाई सकस परेको छ । ०७४ को निर्वाचनमा विश्राम लिएका पुर्व सांषद तुलसी सुब्बा यसपटक चुनाव लड्ने मनसायमा छन् भने सिता गुरुङ पनि पटक पटक आफु समानुपातिक सांषद भएकोले यसपटक प्रत्यक्ष निर्वाचित सांषद हुने दाउमा छन् । केन्द्रमा गुरुङको पकड बलियो छ भने जिल्लामा सुब्बाको बर्चश्व रहेको छ । देउबा टिमबाट केन्दिय सदस्यमा निर्वाचित गुरुङले बहुमत जुटाएर उम्मेद्धवारको टिकट ल्याएपनि मतदाताको पूर्ण समर्थन नपाउने सङ्खा गुरुङमा उत्तिकै छ । कोईराला टिमबाट केन्द्रिय सदस्यमा पराजित सुब्बाको जिल्लाको धरातल बलिलो र कार्यकर्ताको समेत मजबुद साथ भएको कारण उनलाई बेवास्ता गर्दै गुरुङलाई टिकट दिलाउन पार्टी सभापती देउबा आफै सकरात्मक छैनन् । समग्रमा यसपटक गुरुङले सुब्बालाई टिकट दिलाएर जिताउन पनि सहयोग गरे ५ बर्ष पछिको चुनावमा निर्विकल्प सिताले उम्मेद्धवारी पाउने र जित पनि निश्चित हुने कांग्रेस समर्थक बताउछन् ।

त्यस्तै एमालेले लालकिल्ला मान्दैआएको तेह्रथुममा यसपटक तेजमान कन्दङवा प्रतिनिधी सभामा उम्मेद्धवारी दिने तयारीमा छन् । पार्टीको पुर्व अध्यक्ष समेत रहेका कन्दङवा २०७४ को चुनावमा प्रदेश सभामा निर्वाचित सांषद हुन् । एमालेमा कन्दङवा बाहेक बिजय सुब्बाको समेत नाम सामान्य चर्चामा छ । तर यसपटक कन्दङवाले नै टिकट पाउने एमाले नेताहरु बताउछन् । बिजय सुब्बाले स्थिर राजनिती नगरेको आरोप छ भने कन्दङवा अडिग रुपमा एमालेको राजनितीमा सक्रिय छन् । पार्टी अध्यक्ष केपी ओली निकट रहेका सुब्बाले नेताको आर्शिवादले टिकट ल्याएपनि जिल्लामा कन्दङवाको समर्थक बढि रहेको नेताहरु बताउछन् । पुर्व शिक्षक समेत रहेका नेता कन्दङवाले टिकट पाए पनि ५ दलिय गठबन्धनलाई एमाले एक्लैले हराउन मुश्किल हुने मतदाताहरुको आकलन छ ।

यसैबिच प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट सन्तोष सुब्बाको नाम चर्चामा छ भने गठबन्धनबाट नेकपा एसले समेत दावी गर्नसक्ने अवस्था छ । त्यस्तै प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका नेता दुर्गा प्रसाद चापागाईको नाम अगाडी छ भने काग्रेसबाट बिजय सम्बाहाम्फे पनि सांषद बन्ने दाउमा छन् ।

त्यसैगरि यसैबिच प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा नेकपा एमाले बाट लछुमन तिवारीको नाम चर्चामा छ भने अनुभुति बम नेपाली समेत प्रत्यक्ष चुवान लड्ने सोचमा छन् । अघिल्लो निर्वाचनमा पनि समानुपातिक प्रदेश सांषदमा बसेका नेपाली यसपटक भने जसरी पनि प्रत्यक्षमा उम्मेद्धवारी दिने तयारीमा छन् । टिकट नपाउने त दलित भएकै कारण बाहेक अरु कुनै कारण नभएको नेपालीका समर्थकहरु बताउछन् । पार्टीले भने तिवारीलाई लोकप्रिय नेता मानेको छ । त्यस्तै यसैबिच प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा बाबुराम थापाको नाम चर्चामा छ ।

यसैबिच प्रदेश सभा ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रमा कांग्रेस बलियो रहेको नेताहरुको अनुमान छ । बैशाख ३१ मा सम्पन्न स्थानीय तहको मतपरिणाम हेर्दा ‘क’ क्षेत्रमा ६ सय मतले कांग्रेस अगाडी छ भने ‘ख’ क्षेत्रमा १ हजार सय मतले अगाडी छ । स्थानीय तहको निर्वाचनमा प्रदेश सभा ‘क’ क्षेत्रमा म्याङलुङ नगरपालिकामा ६ मत बढि र छथर गाउपालिकामा पनि ६ सय मत नै बढि ल्याएर एमालेले जितेको थियो भने लालीगुराँस नगरपालिकामा कांग्रेसले १८ सय मत बढि ल्याएको थियो । त्यस्तै मेन्छ्यायेम गाउपालिकामा ३० मतान्तरले एमाले निर्वाचित भएको थियो भने आठराईमा ८ सय र फेदापमा ३ सय मत बढि ल्याएर कांग्रेस निर्वाचित भएको थियो । समग्रमा प्रदेश सभा ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रमा गठबन्धनले चुनाव जित्ने विश्लेषक बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार