सन्दकपुरमा पदमार्ग निर्माण हुँदै



इलाम । इलामकाे सन्दकपुरमा घुम्न आउने पर्यटक बाक्लिन थालेपछि पदमामर्ग निर्माण गर्न थालिएको छ ।

पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण सुरु भएको हो । सरकारले एक प्रदेश एक साँस्कृतिक ग्राममा घोषणा गरेको सन्दकपुर गाउँपालिकाभित्रका पर्यटकीयस्थलको फन्को मार्न सकिनेगरि पदमार्ग निर्माण गरिएको हो ।

हिमाली दृश्य, लेकाली जनजीवन र प्राकृतिक सुन्दरताको अध्ययनका लागि इलामको सन्दकपुरमा पदमार्ग निर्माण थालिएको छ । रामसार क्षेत्रमा घोषित घुम्नै पर्ने पर्यटकीय क्षेत्र माईपोखरीदेखि प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर हुँदै जमुना रहेको मानवनिर्मित ढापपोखरी जोड्ने पदमार्ग निर्माण भइरहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।

नेपाल सरकारले एक प्रदेश एक साँस्कृतिक ग्राममा घोषणा भएको सन्दकपुर गाउँपालिकाभित्रका पर्यटकीयस्थलको फन्को मार्न सकिनेगरि पदमार्ग निर्माण हुँदै आएको छ । सन्दकपुर वडा नं १ को माइपोखरी र वडा नं ५ को ढापपोखरीबाट पदमार्ग निर्माण गर्दै आएको छ ।

४० किलोमिटर लामो पदमार्गकोबीचबीचमा पक्कि शौचालयसहितको पर्यटक बस्ने आवाश गृह पनि निर्माण हुने छन् । पाँच वर्षमा निर्माण सम्पन्न हुने ४० किलोमिटर पदमार्ग हुँदै इलामको चुचुरो रहेको पर्यटकीय क्षेत्र सन्दकपुर, छिन्टाप्पु र हाँगेथाम लगायतका पर्यटकीयस्थल पुग्न सकिनेछ ।

पदमार्ग यात्रका क्रममा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, काँडेभ्याकुर, गिद्ध, हिमाली फूलहरु, जडीबुटी, चराहरु र दर्जनौं हिम-श्रृंखलाको अध्ययन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार