जिल्ला प्रहरी कार्यालय इलामको वार्षिक प्रगति सार्वजनिक, साढे १ करोड राजस्व संकलन

इलाम : जिल्ला प्रहरी कार्यालय इलामले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

सोमबार संचारकर्मीसँगको कार्यक्रममा प्रहरी प्रमुख  प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यालयको तर्फबाट भएको प्रगति विवरण प्रस्तुत गरे ।

प्रहरी कार्यालयले एक वर्षको अवधिमा १ करोड ४९ लाख ८२ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ ।

अवैध सामान, ट्राफिक जरिवाना, वनजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण, नदीजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण र अबैध भारतीय मुद्रा बरामद वापत उक्त रकम संकलन भएको हो ।

अबैध सामान भन्सारबाट ६३ लाख ७२ हजार १ सय ५०, ट्राफिक जरिवानाबाट ५१ लाख ६० हजार, वनजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण (४४० क्यू फिट) बाट १६ लाख ५९ हजार ८ सय ८०, नदीजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रणबाट ३० हजार, अबैध भारतीय मुद्रा बरामदबाट ११ लाख (भारतीय रुपैयाँ) राजस्व संकलन गरेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले शान्ति सुरक्षा कायम गर्न लंग रेन्ज प्रट्रोल परिचालन ११ पटक, सर्ट रेन्ज प्रट्रोल परिचालन १ हजार ९ सया ८० पटक, ग्रामीण गस्ती ३ हजार ७ सय ४३ पटक, सवारी गस्ती १ हजार ८ सय पटक, संयुक्त सीमा गस्ती १९ पटक,  क्युआरटी परिचालन १४ हजार ४० पटक,  दैनिक पैदल गस्ती ७ हजार २ सय पटक, पिकेट ६ हजार १ सय २० पटक, संयुक्त गस्ती (सशस्त्र प्रहरी बलसँग) १८ पटक र आकस्मिक चेकजाँच १ सय ९५ पटक गरेको छ ।

अपराध अनुसन्धनतर्फ प्रतिवादी भएको मुद्दा दर्ता १ सय ६० दर्ता भएकोमा १ सय ५६ फर्छौट भएको छ ।

त्यस्तै फैसला कार्यान्वयन तर्फ २३ जना फरारलाई पक्राउ गरी १४ वर्ष ५ महिना २ दिन कैद तथा ३ लाख १९ हजार ७ सय २३ रुपैयाँ जरिवाना अशुल गराइएको ५ ।

त्यसैगरी हराएका महिला १ सय ३ मध्ये ८१, पुरुष २९ मध्ये २२,  बालक १७ मध्ये १७ नै, बालिका २२ मध्ये २० र ज्येष्ठ नागरिक पुरुष ५ मध्ये ४ जना फेला परेको प्रहरीको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

प्रशासनिक गतिविधिमा ९८ जना प्रहरी कर्मचारीहलाई पुरस्कृत गरिएको, २ जना प्रहरीलाई कार्वाही गरिएको, इलामको रोङ गाउँपालका ५ बहुवनमा अस्थायी प्रहरी बिट बहुवन स्थापना गरिएको छ ।

जग्गा प्राप्तितर्फ माङ्सेबुङ गाउँपालिका २ मा प्रहरी चौकी इभाङका लागि ४ रोपनी २ आना जग्गा दाताहरूबाट निशुल्क रुपमा प्राप्त भएको, माईजोगमाई गाउँपालिका ३ मा प्रहरी चौकी नाम्सालिङ का लागि १ रोपनी निशुल्क र ४ रोपनी स्थानीय बासिन्दाहरूबाट खरिद गरी प्राप्त भएको र प्रहरी चौकी गोलाखर्कलाई २ रोपनी जग्गा प्राप्त भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

भवन निर्माणतर्फ स्थानीय सरकारको सहयोगमा ईलाका प्रहरी कार्यालय नयाँबजारको भवन निर्माण सम्पन्न भएको र हाल प्रहरी चौकी एकतप्पा इलामको भवन निर्माणाधिन अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले वर्षभरी विभिन्न अभियान संचालन गरेको छ । अभियान अन्तरगत विभिन्न स्थानमा आफैं उम्रेको अन्दाजी ५३ रोपनी क्षेत्रफलमा फैलिएको ४ हजार ८५ बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।

सीमानाकाबाट नेपाल भित्रिदै गरेको अवस्थामा भारतीय अबैध मदिरा १ हजार १ सय ९ बोतल अबैध मदिरा र विभिन्न परिमाणमा लागूऔषध बरामद, १ थान भरुवा बन्दुक र ७ राउण्ड एसएलआर राईफलको गोली बरामद गरी कारवाही गरेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै जिल्लाका विभिन्न स्थानहरूमा १६ वटा सीसीटीभी थप जडान गरेको छ । त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरोकारवाला निकायहरूसँगको समन्वयमा ९ सय ३२ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको र ६० हजार ५ सय ८० जना मानिसहरु लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै विभिन्न ६ वटा सफल अपराध अनुसन्धान गरी कारवाही गर्न सफल भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार