इलामेलीको हबाईजहाज चड्ने सपना अधुरै, नियमित उडान नहुँदै धानवमार्ग चर्कियो

  नयाँ बुलन्द
245 Shares

इलाम : गएको फागुन १ गते पूर्व प्रधानमन्त्री झलनाथ खनाल र निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले तामझामका साथ धावनमार्गको उद्धघाटन गरे । खनाल र आलेले उद्धघाटन गरिरहँदा त्यहाँ उपस्थित धेरैले नियमित जहाज उड्नेमा आशंका गरेका थिए । तर इलाम नगरपालिकाले तारा एयरसंग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि खनाल र आले हतार हतारमा नेपाल बायुसेवा निगमको जहाज लिएर धावनमार्ग उद्धघाटन गर्न इलाम आएका थिए ।

त्यो बेला नै उद्धघाटन कार्यक्रलाई नेकपा एमालेले बहिष्कार नै गर्यो । एमालेको बहिष्कारले यो विमानस्थल, राजनीति गर्ने थलो भएको प्रष्टै देखिन्थ्यो उबेला नै । फाल्गुन ११ गतेबाट उडान सुरु गरेको तारा एयरले जेठ ६ गते सम्म उडान गर्यो । त्यसयता विमानस्थल सुनसान छ भने ७ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको धावनमार्गको तल्लो भाग दविन सुरुभएको छ । नियमित उडान नहुँदै धानवमार्ग चर्किएपछि टालटुल पारिएको छ । राज्यको ठुलो लगानीमा निर्माण भएको विमानस्थल नियमित संचालनमा नआउँदै धावनमार्गको दविन सुरुभएपछि अनेकौ प्रश्न उठ्न थालेको छ । विमानस्थल निर्माणको क्रममा थुप्रै प्राविधिक कमजोरी रहेको स्थानियको भनाई छ ।

विमानस्थल निर्माणमा हालसम्म राज्यको करिब ३० करोड लगानी भइसकेको छ । अझै शौचालय,टर्मिनल भवन,यात्रु प्रतिक्षालय देखी विमानस्थलसम्म पुग्ने सडक कालोपत्रे गर्न बाँकी नै छ । विमानस्थलमा प्राविधिक मापदण्ड नपुर्याई केही संरचना निर्माण गरिएका छन् । एयर ट्राफिक कन्ट्रोलका लागि बनाएको दुई तले भवन उपयुक्त स्थानमा नरहेकोले अर्को स्थानमा निर्माण गर्नुपर्ने देखिन्छ । बिमानस्थल प्रयोग गरेबापत विमान कम्पनीले राज्यलाई निश्चित कर बुझाउनु पर्ने कानुनी प्रावधान छ । तर यो विमानस्थलमा उडान गरे बापत तारा एयरले इलाम नगरपालिकाबाट ११ लाख ४६ हजार रुपैयाँ लिएको छ ।

इलाम नगरपालिकाले १७ वटा उडानमा अपुग यात्रु बापतको रकम तारा एयरलाई भुक्तानी दिएको हो । हरेक उडानमा ११ जना यात्रुको टिकट ग्यारेण्टि गरेपछि मात्र तारा एयरले सातामा दुई दिन उडान सुरु गरेको थियो । यस्तै यात्रु प्रतिक्षालय र शौचालय निर्माणमा नगरपालिकाले २ लाख २३ हजार रुपैंया खर्च गरेको छ । बन्द विमानस्थल रेखदेखका लागि हाल एक जना कर्मचारी राखिएको छ । ३ सय २८ रोपनी क्षेत्रफलमा रहेको विमानस्थल निर्माणमा ३१ घरपरिवारलाई जग्गाको मुआव्जा बापत २ करोड २५ लाख रुपैंयाँ वितरण भएको थियो ।

तीन घण्टाको दूरीमा झापाको भद्रपुरमा विमानस्थल हुँदाहुदै राजनैतिक स्वार्थ पूरा गर्न २०६७ सालमा झलनाथ खनालल योे विमानस्थलको शिलान्यास गरेका थिए । उनै खनालले पाँच महिना अघि उद्घाटन गरेको धावनमार्गको आधा भाग दविएपछि विमानस्थलको भविष्य के हुने ? अन्यौल अझै बढेको छ । ठूलो धनराशी खर्चिएको यस विमानस्थलको औचित्थमाथि प्रश्न उठ्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार