इलाम : मृगौला रोगीका लागि इलाममा निशुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो ।
हालसम्म ६ जना विरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ । निशुल्क डाइलासिस सेवा सुरु भएसंगै पूर्वी पहाडका आर्थिक अवस्था कमजोर भएका विरामीलाई राहात मिल्नेछ ।
इलाम नगरपालिका र रोटरी क्लव धरानको सहयोगमा साढे ४३ लाख रुपैयाँ खर्चिएर तीन वटा मेसिन खरिद गरेपछि यो सेवा सुरु भएको हो ।