चुलाचुली गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने


इलाम : इलामको चुलाचुली गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

सेवाग्राहीहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताए ।

गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरेर आवश्यक तयारीको काम भइरहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिए ।

‘भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई बैंकसम्म आउनजान अत्यन्तै कठिन भएका कारण बैंकसँग सहकार्य गरी टोलटोलमा पुगेर भत्ता वितरण गर्ने तयारी गरेका छौं’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘निर्वाचनका क्रममा आम नागरिकहरुबाट घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने माग बमोजिम आफू निर्वाचित भएपछि कार्यान्वयन गर्न सुरु गरेको हुँ ।’

‍सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सवै घरको नम्बर ब्यवस्थित गरिने उनले बताए ।

यसअघि गाउँपालिकाले चुलाचुलीमा रहेको एनएमबी बैंकमार्फत ६ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार