यस कारण ‘किरात’ प्रदेश हुनै पर्छ !

  निनाम लोवात्ती  74 पटक हेरिएको

निनाम लोवात्ती

किरात प्रदेश हुनु पर्ने आधारहरु :

हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरुले विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापक रुपमा पैmलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरात÷किरातीहरु हजारौं वर्षअघि ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा आवाद गरेका थिए । त्यस्तै कस्मिरपूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारत (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौ उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात, किराती किरात सभ्यताका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । त्यसैले एक नम्बर प्रदेशका किराती मूलका माननीयहरु मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरुका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्यासी, दलितका साथै मधेसी मुलका (यो पंक्तिकारलाई थाहा भएसम्म १ नम्बर प्रदेशमा ठकुरी, शाह, राणा जात समूहका माननीय ज्युहरु हुनुहुन्न ।) जातजातिका माननीय ज्युहरुले पनि ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाई मात्रै होइन प्रदेश नम्बर एकको सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरुले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरुलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।

फेरि पनि इतिहासकै कुरो गरौं :

फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हँुदै र आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौं समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आपूmलाई किरात भन्नेहरुको वसोवास रहेको छ । यसरी सानो भू–भागमा मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् । तर, उनीहरु पनि नेपालको भगौलिक एकीकरण भएसँगै आप्mना पिता–पूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आपूm असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आप्mनो नाम वा समुदायलाई चिनाउँदा “–‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।” भनी लेखाउन÷भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व संकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ/देखिन्छ ।

अन्तमा 

अहिले एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा तात्तातो बहस र छलफलहरु भई रहेका छन् । निश्चय नै यो राम्रो षिय हो किनभने बहस र छलफलले नै सकारात्मक निकास दिने आशा गर्न सकिन्छ । तर, हाल भई रहेको बहस र छलफलको क्रममा एक पक्षले एक नम्बर प्रदेशको नाम नदी सभ्यताका आधारमा मात्रै राख्नुपर्ने जोड गरेको देखिन्छ । जस्तो कि, ‘अरुण, बरुण, कोशी, सुनकोशी, कमला, मेची कन्काई आदि भने कसैकसैले विराट, हनुमाननगर, पूर्वाञ्चल, सगरमाथा, पाथीभरा’ आदि नाम राख्नुपर्ने वकालत गरी गरेको देखिन्छ भने, अर्को पक्षले ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ नाम रहनुपर्ने/राख्नुपर्ने भनी आवाज उठाई रहेका छन्, बहस र छलफल चलाई रहेका छन् । तर, ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउने पक्षको स्वर साह्रै मसिनो सुनिने गरेको देखिन्छ । कताकति नेपालका मूलधारका मिडियाहरुले पनि एक नम्बर प्रदेशको नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ होस् भन्ने नचाहेको पो हो कि ? शंका गर्न सकिने केही आधारहरु छन् ।

हो, एक नम्बर प्रदेशको नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ जाति नाम जस्तो लागेर राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रैपर्ने हुनाले कम्तिमा ‘किरात’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, ‘किरात’ भनेको केवल एक जातीय नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भने किरात शब्द प्राचीन धर्म–ग्रन्थहरुमै पनि उल्लेख गरिएको छ भन्ने त माथि नै पनि एक प्रसंगमा उल्लेख गरिएको छ । अर्को भनेको हिजो–अस्तिसम्म नेपालका ‘हिन्दु, बौद्ध र किरात’ एकै हुन्, ॐ कार परिवारका हुन्, सनातन धर्मालम्बी हुन् ।’ भन्नेहरुको ठूलै जमात थियो । उनीहरु अहिले कता हराए ? हुन पनि हो, यदि ‘हिन्दु, बौद्ध र किरात’ एकै हुन्, ॐ कार परिवारका हुन्, सनातन धर्मालम्बी हुन्’ भने, आर्य खस समूह (जो धार्मिक रुपमा हिन्दु धर्मालम्बी हुन्) लाई किरात प्रदेश स्वीकार्न किन गाह्रो भएको हो ? त्यसैले एक नम्बर प्रदेशको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर÷नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्म–ग्रन्ग्रथ आदिलाई स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भई सकेका छन् । किनभने, किरात भनेर आपूmलाई दावी गर्ने जातिहरु अहिले साढे दुई दर्जनभन्दा बढी छन् । जस्तै “आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बु, याक्खा, सुनुवार आदि । माथि उल्लेखित जातिहरुले आपूmलाई ‘किरात÷किराती’ भनी चिनाउँछन् । त्यसैले आशा गरौं, सन्निकट आउन लागेको एक नम्बर प्रदेशको अधिवेशनमा सबै राजनैतिक दलका माननीयहरुले किरात प्रदेश नामका लागि एक ढीक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । यसमा एक नम्बर प्रदेशका माननीय ज्युहरुले आप्mनो दलको स्वार्थभन्दा पनि ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाई मात्रै होइन, एक नम्बर प्रदेशको सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरुले यसो गर्न सकेमा नै दीर्घकालीन समाधान र फाईदा हुनेछ । साथै इतिहासमा तपाईँहरु अमर रहनु हुनेछ, सूपात्रका रुपमा चिनिनु हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार