पाँचथरमा करेन्ट लागेका एक जनाको धरानमा उपचारका क्रममा निधन

  नयाँ बुलन्द
1.7k Shares

पाँचथर: तुम्वेवा गाउँपालिकामा करेन्ट लागेर घाइते भएका एक व्यक्तिको धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

वडा नम्बर २ मेवागाउँ निवासी ३८ वार्षीय जीवन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सोमबार दिउँसो २ बजे मृतक मगरको घरमा जडान गरिएको अन्न पिस्ने मिलमा कुटान पिसान भईरहेको बेला अचानक विधुत सर्ट हुँदा उनीसहित ३५ वर्षीय छिमेकी पुर्ण कुमार मगर करेन्ट लागि घाईते भएका थिए ।
दुवै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियोे ।
गम्भीर घाइते भएका मृतक मगर बोल्न नसक्ने अवस्थामा थिए भने अर्का ३५ वर्षीय मगरको अवस्था सामान्य रहि हाल उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार