‘लिम्बुवान किरात’ प्रदेशका लागि विराटनगरमा जनप्रदर्शन हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

  नयाँ बुलन्द
154 Shares

विराटनगर : प्रदेश १ को नामको प्रक्रियताका लागि साउन ८ (आइतबार) प्रदेशसभा बैठक बोलाएपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल तथा सामाजिक संगठनहरु यतिबेला आन्दोलनमा छ ।

यसै सन्दर्भमा प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ नामकरण गर्न दबाब दिने उदेश्यले आज बृहत जनप्रदर्शन हुँदैछ ।  लिम्बु समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको समन्वयमा ३२ वटा संगठनहरुको लिम्बुवान किरात संयुक्त संघर्ष समिति निर्माण गरी आन्दोलन घोषणा गरेको छ ।

संयुक्त संघर्ष समितिले बिहिबार प्रदेशको राजधानी विराटनगरमा बृहत जनप्रदर्शन, धर्नासहित सभा गर्ने भएको हो ।

विराटनगरको गणतन्त्र चोकमा भेला भएर प्रदेश सभाको गेटमा धर्ना र सभा गर्ने कार्यक्रम रहेको संयुक्त मोर्चामा आबद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले बताए ।

र्यालीको लागि मोरङबाट मात्र १६ वाटा बस तयार भएको मोर्चामा सम्बद्ध माओवादी केन्द्र आबद्ध लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव मौसम लिम्बूले बताए ।

¥यालीमा सहभागि गराउनमा उर्लाबारीबाट ७, पथरीशनिश्चरेबाट २, लेटाङबाट २, मृगौलियाबाट १, बेलबारी र केराबारीबाट ३, मिक्लाजुङबाट १ बसमा बिराटनगर सहभागि लाने तयारी भएको किरात याक्थुङ चुम्लुङको जिल्ला अध्यक्ष समेत रहेका संघर्ष समितिको जिल्ला संयोजक डम्बर कुरुम्बाङले बताए ।

लिम्बुवान, किरात नामकरण गराउन दबाब दिन किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिको अध्यक्ष प्रेम एक्तेनको संयोजकत्वमा ३२ वटा संगठनहरुको संयुक्त मोर्चा गठन भएको छ । मोर्चामा कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माओवादी सम्बद्ध लिम्बुवान मुक्ति मोर्चा, जसपा लगायतको संगठनहरु रहेको छ । संयुक्त मोर्चा हरेक जस्तो जिल्लामा गठन भएको छ ।

भोलि बिहिबार बिभिन्न जिल्लाबाट साढे ११ बजे बिराटनगर गणतन्त्र चोकमा भेला भएर त्यहाँबाट प्रदेश सभाको कार्यालय गएर धर्ना, नारा जुलुसपछि सभाको कार्यक्रम राखिएको अशोक चेम्जोङले बताए ।

कोणसभामा चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, जसपाको नेता रकम चेम्जोङ, संलोरामको अध्यक्ष कुमार लिङ्देन, माओवादी केन्द्रको मुक्साम मेयाङ्बो, जसपा सम्बद्ध लिम्बुवान समितिको तर्फबाट खगेन्द्र माखिम, नेपाली कांग्रेसको तर्फबाट उत्तमसिंह थाम्देन, प्रेमदिप थाम्सुहाङ, भवानी बराल, शिवकुमार मण्डल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको अशोक चेम्जोङले जानकारी दिए ।

प्रदेश सभाले नाम राख्न बैठक बोलाएपछि किरात राई यायोक्खाले बृहत मोटरसाइकल ¥यालीसँगै मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ र कोणसभा गरेर प्रदेश सभालाई दबाब दिएको छ । यायोक्खाले यातायात बन्द लगायतको साउन ८ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनलाई जोडेर थप प्रभावकारी बनाउन किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङवीच छलफल भइरहेको बुझिएको छ । चुम्लुङ अध्यक्ष एक्तेन र यायोक्खा अध्यक्ष दिबस राईको टोली केही दिन अघि इटहरीमा छलफल गरी एक आपसमा सकारात्मक र सहयोगको वातावरण तयार पर्दै लाने र स्थिति रहेर आवश्यक परे आन्दोलन संयुक्त गर्ने बिषयमा छलफल भएको किरात राई यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार