रेडपाण्डाप्रति पर्यटकको आकर्षण बढ्दै

  नयाँ बुलन्द
77 Shares

इलाम । इलाममा रेडपाण्डाको संरक्षणको काम थालिएसँगै पर्यटकको आकर्षण बढ्दै गएकाे छ । रेडपाण्डा अवलोकनका लागि भारतसहित तेस्रो मुलुकबाट समेत पर्यटक आउन थालेका छन् । यसरी पर्यटक आउन थालेपछि इलाम नगरपालिका, सन्दकपुर गाँउपालिकाका र माइजोगमाई गाँउपालिका अहिले रेडपाण्डाको संरक्षणमा जुटेका छन् ।

रेडपाण्डा पहिला पाइन्छ पाइदैन भन्ने चिन्ता थियो । अध्ययनकर्ताले रेडपाण्डा खोज अनुसन्धान गरिएपछि रेडपाण्डा प्राप्त गरिएको थियो । अध्ययन गरिएका एक दिनमै रेडपाण्डा पाइएको थियो । रेडपाण्डा पाइएपछि संरक्षणसँगै आन्तरिक र बाह्य पर्यटकलाई भित्रयाउने लक्ष्य लिइएको थियो । रेडपाण्डा पर्यटनमा इलामको चोयाटार सामुदायीक वन प्रख्यात रहेका थियो ।

रेडपाण्डासँगै नेपाल र भारतका हिमालका दृश्यहरूको अवलोकन गर्नका लागि अमेरिका, नेदरल्याण्ड, स्वीडेन, सिंगापूरका र भारतका पर्यटकहरू इलाम भित्रिने गरेका छन् । सन्दकपुर गाँउपालिकाले अहिले रेडपाण्डा संरक्षणका लागि बिभिन्न काम गरिरहेको सन्दकपुर गाँउपालिकाका अध्यक्ष तुला गुरुङ्गले बताउनुभयो ।

घना जंगलमा सुरक्षित लोपउन्मुख सूचीमा पर्ने रेडपाण्डा अवलोकनका लागि नेपाल र भारत भएर तेस्रो मुलकका पर्यटक आउन थालेपछि सडक स्तरउन्नतिको काम समेत गरिँदै आएको छ । रेडपाण्डाका माध्यमबाट इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको रेडपान्डा संरक्षणकर्मीको भनाइ छ ।

नेपाल भारत सीमा क्षेत्र माने भञ्ज्याङ्गबाट पर्यटक इलामको जौबारी हुँदै आउने गरेका हुन् । रेडपाण्डा अबलोकनका लागि इलाममा पर्यंटक भित्रिएसँगै स्थानीयबासीको आयआर्जनमा वृद्धिसँगै गाउँमा रोजगारीका अवसर थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार