लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा नै उज्वलको ज्यान गयो !

  नयाँ बुलन्द
11.7k Shares

इलाम : इलाम सन्दकपुर गाउँपालिका ३ का उज्वल सापकोटा कक्षा १२ को परिक्षा दिएर जागिरको खोजिमा निस्किए । परिक्षा सकेर इलाम सदरमुकामको एक पसलमा काम गर्न थालेका उनको मृत्यू सोही पसल बन्छ भन्ने कसलाई लागेको थियो र ? हो उनको मृत्यू सोही पसलमा काम गरेकै कारण हुन पुग्यो ।
इलाम बजारमा रहेको न्यू कृष्ण गोविन्द केरियर (न्यू कृष्ण किराना पसल) मा असार १८ गतेदेखी काम गर्न थालेका उनी २७ असारबाट नै बेपत्ता भए । काम गर्दै गरेका उनी बिचमा पसल धनीकै कुटाइ र मानसिक यातना भोग्नु परेका कारण बेपत्ता भएको पारिवारिक श्रोतको दावी छ ।
असार २७ गते बेपत्ता भएका उनी २९ गते मृत अवस्थामा फेला परे । इलाम नगरपालिका ५ मा रहेको अमर माविको पुरानो भवनमा उनको शव फेला पर्यो । झुण्डिएर मृत्यू पछि भुईमा झरेको अवस्थामा उज्वलको शव फेला परेको थियो ।
सन्दकपुर ३ का रघुनाथ र भुमिका सापकोटाका १७ वर्षिय छोरा उज्वललाई पसलबाट पैसा चोरी गरेको आरोपमा पसल धनीले कुटपिट गरेको र त्यसपछि मर्न बाध्य गराइएको परिवारको दावी छ । पैसा चोरेको भन्दै सिसि टिभी क्यामेरामा कैद गरिएको भिडियो पसल धनीले सामाजिक सञ्चालमा समेत पोष्ट गरेको बताइएको छ । कुटाई र सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नु नै मृत्यू दुरुत्साहन भएको उज्वलका आफन्तको दावी छ ।
कुटाइ र चोरी गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट सँगै गाली ब्यइजत गरेकै कारण उज्वलको मृत्यूको कारण भएको दावी गर्ने परिवारले प्रहरीमा जाहेरी दिइ सकेका छन् । आत्मा हत्या हो या हत्या भन्ने सम्म रहस्यकै बिषय बनेको छ । सिसि टिभीमा पैसा झिकेको भनिएको बिषय समेत रहस्यकै बिषय बनेको छ । पसलवालाकै अक्तियारीमा पैसा झिकेको हुन सक्ने आशंका समेत गरिएको छ । पसलवालाले आफ्नो कर्मचारीलाई पैसा झिकेर कसैसँग लेनदेन गर्न लगाएको समेत हुन सक्ने बताइएको छ ।

२९ गते शव फेला परेपछि ३० गते परिवारका तर्फबाट जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी दिइएको छ । जसमा मृत्यू दुरुत्साहन समेतको मुद्धा दर्ता गरिएको मृतकका ठुलोबुबा डिल्ली सापकोटाले बताए ।
किटानी जाहेरी पछि पसलका सञ्चालक कृष्टु बरही र बिनय बरहीलाई जिल्ला प्रहरी कार्यालय इलामले सोही दिन अर्थात ३० असारमा नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरु दाजुभाई रहेको बताइएको छ । हाल परिवारले शंकास्पद रुपमा मृत अवस्थामा फेला परेका उज्वलको मृत्यूको कारण पत्ता लाग्नुपर्ने बताउँदै आएको छ । परिवारले उनको मृत्यूको कारण पत्ता लगाएर दोषी उपर कडा कारबाहीको माग गर्दै आएको छ । परिवारका तर्फबाट सुरक्षा निकार्य, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतलाई घटनाको छानमिन गरिदिन आग्रह गर्दै आएको छ । उमेरले १८ वर्ष नपुगेका ब्यक्तिलाई कामदारका रुपमा राख्नु अनी सामान्य गल्ति गरेकै भए पनि कानुनी बाटो हुँदा हुँदै कुटपिट र सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिनु नै मृत्यू दुरुत्साहन भएको एक कारण भएको बताइएको छ ।  तर सामाजिक सञ्जालमा सो भिडियो भेटिँदैन । भिडियो उज्वलको मृत्यू पछि पसलवाला भिडियो पोष्ट गर्नेले नै डिलिट गरेको आफन्तको दावी छ ।
हत्या या आत्माहत्या जे भएपनि मृतक उज्वल किन इलाम बजारबाट बरबोटेको एक माद्यमिक विद्यालय पुगे भन्ने अर्को शंकास्पद बिषय बनेको छ । हुन त उनी कक्षा १२ को परिक्षा सोही अमर माविबाट नै लेखेका थिए । कोठा बसेर परिक्षा लेखेका उनले कोठा बसेको भाडा समेत कमाएर तिर्छु भनेर काममा आएको बुझिएको छ ।

काम गरेर पैसा तिर्छु भनेर निस्किएका उनले किन मृत्यूको बाटो रोज्न पुगे या मृत्यूको अन्य बिषय हो । मृत्यूको कारण समेत छानमिनकै पक्रियामा छ । गरिव भएर जागिर खान आएका उनको मृत्यूको कारण निजी किराना पसल नै भएको एकथरीको बुझाई छ । पारिवारिक अवस्था सामान्य भएका उनी पैसा कमाएर परिवारलाई सहयोग गर्ने उदेश्यले नै काममा लागेका थिए । नत आज उनको ज्यान छ न उनको कमाई नै परिवारले पाउने छ ।
के गरिवले काम गरेकै कारण मर्न पर्ने हो त ? कारण पत्ता लाग्ला । यदि उनले गल्ती गरेकै भए पनि कानुनी रुपमा कारबाही गर्ने सरकारी निकाय थिएन र ? उज्वलले आत्मा हत्या गरे या कसैले हत्या गरेको हो ? चोरी गरेको या पैसा पसलेले झिक्न लगाएको हो ? सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नु अगाडी सम्झाइ बुझाई गरेर कामबाट निकाल्दा हुँदैनथ्यो र ? यि र यस्तै थुप्रै प्रश्न उनको मृत्यूपछि उब्जिएका छन् । प्रशासनले सत्यतथ्य छानमिन गर्नैे पर्छ ।
यता जिल्ला प्रहरी इलामका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले अनुसन्धान भइरहेको बताएका छन् । परिवारले मृत्यू दुरुत्साहनको मुद्धा दर्ता गराएपछि पसलवालालाई नियन्त्रणमा लिइएको उनले बताए । सामाजिक सञ्जालमा पोष्ट भएको भनिएको भिडियोको बिषयमा समेत खोजी भइरहको भन्दै उनले पसलवालाकोमा प्रयोग भएको सिसि टिभिको भिडियो फुटेज समेत संकलन भइरहेको बताए । हालसम्म पसलवालाले हप्काएको कुरा स्विकारी सकेको र घटनाका बिषयमा थप अनुसन्धान चलिरहेको उनको भनाई छ । अदालतबाट म्याप थप गरि बरही दाजुभाइ र घटनाका बिषयमा अनुसन्धान भइरहेको छ ।
छोराले पैसा कमाएर ल्याउला भन्ने आशामा बसेका परिवारले यतिबेला काजक्रिया गर्नु परेको छ । लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा नै उज्वलको ज्यान गयो । परिवारमा गहिरो पिडा परेको छ । परिवारको तर्फबाट दोषि उपर कारबाहीको माग गर्दै आएको छ । उनको पोष्माटम समेत धरान स्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा भएको छ । रिपोर्ट पछि थप कुरा बाहिर आउने आशामा उनका आफन्त तथा परिवार बसीरहेका छन् । चाँडो भन्दा चाँडो अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउनु पर्ने परिवार तथा आफन्तको माग रहेको छ ।  शुत्रधार बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार