जनकपुरधाम : सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएको छ । संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको बताए ।
प्रहरी श्रोतका अनुसार सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलका मालिकले उक्त बोरा लैजान दबाब दिएपछि उखुबारीमा लुकाएका थिए ।