बाबुरामसहित ९ केन्द्रीय नेता जसपाबाट पदमुक्त

  नयाँ बुलन्द
140 Shares

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त भएका छन् ।

वीरगन्जमा बसेको केन्द्रीय समिति बैठक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार