चिलिङदिनका ४६ जना महिलाले पाए ढाका बुन्ने सामाग्री

  युद्धबहादुर बोहोरा
1.4k Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको ४ नम्बर वडास्थित चिलिङदिनका ४६ जना महिलालाई ढाका बुनाईको तालिम सम्पन्नपछि प्रविधि हस्तान्तरण गरिएको छ ।

उद्योग मन्त्रालयको सशर्त अनुदान बजेटबाट गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत नयाँ लघुउद्यमीहरुलाई ४५ दिनको तालिम संचालन गरिएको थियो । प्रशिक्षण समापनपछि बुधवार  प्रविधि हस्तान्तरण कार्यक्रम  मार्फत ढाका बुन्ने २३ थान तानसेट प्रदान गरिएको (मेडपा) कार्यक्रमका सहजकर्ता  कृष्ण बुढाथोकीले जानकारी दिए । उक्त तान एक सेट ३० हजार रुपैंया मुल्य बराबरको वितरण गरिएको उनले बताए ।

“सिप सिकौं,उद्यम गरौं,आत्मनिर्भर बनौं”  भन्ने नारासहित आधारभूत ढाका बुनाई सम्बन्धी तालिम शुरु गरिएको हो । पालिकाको आयोजनामा पिरामिड टेक्निकल इन्स्टिच्युट,इलामको तर्फबाट प्रशिक्षक फुल कुमारी महतोले तालिमको सहजीकरण गरेकी थिइन् ।

महिलाको सिप विकाश गर्न तालिम दिंदै स्वरोजगार बनाउने उदेश्यले जम्मा ४६ जना महिलालाई प्रशिक्षण गराइरहेको हो । तालिमबाट रुमाल,चोली,खदा,सल,कुर्ता,मजेत्रो लगायतका सामग्री तयार गर्न सक्ने सिप सिकेको सहभागिले बताए ।

उक्त कार्यक्रम वडाध्यक्ष दलबहादुर नेम्बाङको अध्यक्षतामा प्रमुख अतिथि बृजहाङ आङ्देम्बे,विशेष अतिथि उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ, प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,अतिथि मेडपा कार्यक्रम फोकल पर्सन बिचार सिंह लावतीको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार