जेष्ठ नागरिकलाई लौरो र छाता बितरण

  नयाँ बुलन्द
98 Shares

इलाम : इलाम नगरपालिकाले जेष्ठ नागरिकलाई लौरो र छाता बितरण गरेको छ । नगरपालिका वडा नंं ४ को आयोजनामा लक्षित विकास कार्यक्रम अन्तर्गत मंगलबार वडाका ८० बर्षमाथिमा चौबीस जना जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको हो ।

कार्यक्रम अन्तर्गत तिर्थयात्रामा जान नसकेका जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको वडा अध्यक्ष नुतन देव दुलालले जानकारी दिए । दुलालका अनुशार यो पहिलो चरणको कार्यक्रम रहेको बताए । दुलालले पहिलो चरणमा छुटेका जेष्ठ नागरिकलाई दोस्रो चरण बितरण गरिने बताएका छन । उनले यस अघि ३० जना जेष्ठ नागरिकलाई वडाले नेपालकाे चारधाम तिर्थाटन गराइसकेकाे बताए ।

यता कार्यक्रमका प्रमुख अतिथि एबम नगरप्रमुख केदार थापाले वडा न ४ ले गरेको यो कामको प्रसम्शा गर्दै  जेष्ठ नागरिकका लागि इलाम नगरले निति तथा कार्याक्रममा नै जेष्ठ नागरिक अनुकुलको कार्यक्रम समेटिएको बताएका छन  । मेयर थापाले जेष्ठनागरिकका लागि सहज बनाउन सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण गर्ने कार्यलाई समेत अगाडि बडाईएको बताए । उनले इलाम नगरपालिकाले सबै बर्ग ,क्षेत्र, समुदायलाई समेटेर अधि बड्ने बताए । उता उपप्रमुख बिष्णु दाहालले वडा नबर चारले सुरु गरेको जेष्ठ नागरिकका लागि छाता र लौरो बितरण नगरभरी नै संचालन गर्ने योजनाका साथ अगाडि बढिने बताईन ।  लौरो र छाता पाएपछि जेष्ठ नागरिकहरु समेत खुसी भएका छन । उनीहरुले नवनिर्वाचित जनप्रतिनिधिलाई धन्यवाद दिदै जनताको साशक नभई सेवक भएर काम गर्न भनेका छन ।  कार्यक्रम इलाम नगरका मेयर केदार थापा, उपमेयर विष्णु दहाल लिम्बु, वडाअध्यक्ष नुतनदेव दुलाल, प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेल, वडा नं. ३ का पूर्व वडाध्यक्ष तिर्थ गुरुङ, ईन्जिनियर दिपक गुरागाई, जेष्ठ नागरिक संघ इलामका अध्यक्ष देवीप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार