झापामा मोटरसाइकल दुर्घटना हुँदा फिदिमका एक युवकको मृत्यु

  नयाँ बुलन्द
280 Shares

पाँचथरः झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट फिदिम–५ पाँचथर घर भइ झापा बुद्धशान्ति–२ जयपुर बस्ने २४ बर्षीय कुमार खनालको मृत्यु भएको हो ।
शनिवार राती खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल कप्तानबारी चोक नजिकै सडकबाट नालीमा खस्दा खनालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । खनालको शव सडक किनारमा बिहान पैदल यात्रीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
शनिश्चरेस्थित एक फर्निचरमा काम गर्ने खनाल शुक्रबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन्छु भनेर घरबाट हिडेको पारिवारिक श्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार