नेपालका जातजाति, भाषाभाषी र ‘प्राडा !’ हरुको ज्ञान एवम् बुझाईको स्तर !?

  निनाम लोवात्ती
140 Shares

निनाम लोवात्ती

नेपालमा कति जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको बसोबास रहेको छ ? कसैले पनि किटानीका साथ भन्न सक्ने अवस्था छैन । हुन त नेपालमा मात्रै नभएर जुनसुकै देशमा पनि जातजाति, भाषाभाषी, धार्मिक समूह आदि कति छन् ? भन्ने आधार सम्बन्धित देशमा हुने राष्ट्रिय जनगणानाद्धारा लिईएको तथ्यांकलाई आधार मान्ने गरेको देखिन्छ, सम्बन्धित देशका सरकारका साथै राजनीतिक दल, तिनका नेता, बुद्धिजीवी, लेखक, अनुसन्धानकर्ता, खोजकर्ता, अध्ययनकर्ता, इतिहासकार, भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंंशशास्त्री एवम् अध्ययनसँग सम्बन्धित संघ–संस्था आदिले । नेपालको सन्दर्भमा पनि हुनुपर्ने त त्यही हो, देशमा कति जातजाति, भाषाभाषी, धार्मिक समूह आदि छन् ? भन्ने सम्बन्ध र सन्दर्भमा । तर,….

तर, हाम्रो नेपालको हकमाचाहिँ माथिको सम्बन्धमा ठीक उल्टो भएको देखिन्छ । किनभने, नेपालमा लेख्ने, पढ्ने, अध्ययन गर्ने, विद्धान, प्राज्ञ, उपप्रा., सहप्रा., प्रा., डा., प्राडा, प्रो., विद, कार, वरिष्ठ, अनुभवी, लेखक, विश्लेषक, समाजशास्त्री, मानवशास्त्री, तथ्यांकशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री आदि जो बुद्घिविलास गरेर बाँच्छन्, (नेपालमा संभवतः जातिशास्त्र र नृवंशशास्त्रबारे छुट्टै पढाई वा अध्ययन हुँदैन होला !?) उनीहरुबीच एक रुपता छैन । साथै नेपालका अध्ययन, अनुसन्धान गर्ने भनिने संघ–संस्थाहरुमा पनि स्थिति त्यस्ते छ । अर्थात् नेपालमा लेख्ने, पढ्ने, विद्धान, प्राज्ञ, उपप्रा., सहप्रा., प्रा., डा., प्राडा, प्रो., विद, कार, वरिष्ठ लेखक, वरिष्ठ विश्लेषक, समाजशास्त्री, मानवशास्त्री, तथ्यांकशास्त्री आदि भन्ने र भनिनेहरु नेपालका अध्ययन, अनुसन्धान गर्ने भनिने संघ–संस्थाहरुले लेख लेख्दा, विचार प्रवाह, सार्वजनिक रुपमा बोल्ने गर्दा किताब वा जर्नल प्रकाशित गर्दा राज्यले हरेक १०–१० वर्ष गर्ने जनगणनालाई आधार मान्दैनन्, प्रयोग गर्दैनन्, गरे पनि आपूm अनुकूल भएको वा भए मात्रै प्रयोग गर्ने नत्र नगर्ने, कथं कदाचित गरी हाले पनि उल्टापाल्टा गर्ने गरेको देखिन्छ । यसरी हेर्दा ‘आपूm जान्ने बुभ्mने भएपछि त सबै…!’ भने जस्तो गरी नेपालमा बुद्घिविलास गरेर बाँच्नेहरुले पत्रपत्रिकामा आप्mनो मन लाग्दी ढंगले लेख्छन्, विचार प्रवाह गर्छन्, सार्वजनिक रुपमा बोल्छन्, किताब वा जर्नल पनि त्यसरी नै निकाल्छन् । यसले के देखाउँछ त ? भन्दा हामी नेपालीहरु औपचारिक शिक्षाको हकमा जत्ति धेरै विषयमा ‘डिप्लोमा, डिग्री, एमफिल, डक्टर अफ फिलोसोफी+डक्टरेट !’ गरेको भए तापनि बाहिरी ज्ञान, विवेक, चेतना, चैतन्य र बाहिरी दुनियाँबारे भने शून्य पयः नै हुन्छौं ! त्यही पनि मान्छे न हो, को नै पो सर्वज्ञ होला र, यो दुनियाँमा ? तापनि…

हुन पनि नेपालमा लेख्ने, पढ्ने, विद्धान, प्राज्ञ, उपप्रा., सहप्रा., प्रा., डा., प्राडा, प्रो., विद, कार, वरिष्ठ लेखक, वरिष्ठ विश्लेषक, समाजशास्त्री, मानवशास्त्री, तथ्यांकशास्त्री आदि भन्ने, भनिनेहरु र, बुद्घिविलास गरेर बाँच्नेमध्ये धेरैले लेखेको लेख रचनाहरु पढ्दा, विचारहरु सुन्दा÷हेर्दा र उनीहरुले सार्वजनिक रुपमा बोल्ने गरेको सुन्दा राज्यले हरेक १०–१० वर्ष गर्ने जनगणनालाई आधार मान्दैनन्, प्रयोग गर्दैनन् अथवा भनौं अरुको भनाइ र विचारको सम्मान गर्दैनन्, वास्ता गर्दैनन् भन्ने देखिन्छ । जस्तो गएको असोज ६ गते (विसं २०७८ मा) नयाँ पत्रिका दैनिकमा डा. तारामणि राई ज्युको ‘राष्ट्रिय जनगणनाका चुनौती’ शीर्षकको एक लेख छापिएको थियो । सो लेखकमा डा.साबले राई भाषाको तथ्यांक दिने क्रममा ‘…प्रदेश नं. १ मा ‘राई’ भाषा बोल्नेको संख्या एक लाख २० हजार सात सय ९१’ भनी उल्लेख गर्नु भएको छ । तर, यो पंक्तिकार (म) सँग भएको, केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको ‘सेन्ट्रल ब्युरो अफ स्टाटिस्टिक’ नामक किताब (जुन किताब सन् २०१२, नोभेम्बरमा प्रकाशित हो) मा राई भाषा बोल्नेको संख्या एक लाख ५९ हजार ११४ रहेको छ । अब विज्ञ वा जानकार पाठकहरुले नै भन्नोस् त ‘राई’ भाषाका सम्बन्धमा केन्द्रीय तथ्यांक विभाग (केतवि) गलत हो, कि, डा. तारामणि राई ज्यु गलत हो ? कि मैले यो प्रसंग डा. तारामणि राई ज्युप्रति अनायासै ‘दुराशय !’ राखेर मात्रै लेख वा टिप्पणी लेखेको हो ?

साथै डा.राई ज्युले आप्mनो सो लेखमा ‘…‘राई’ भाषा नभएर जाति हो भन्ने त घाजतिकै (घामजतिकै भन्न खोजिएको होला) छर्लंग….’ भनी लेख्नु भएको छ । यदि डा. तारामणि राई ज्युले भनेभैmँ ‘राई’ जात हो भने त्यो वेला २०२१ मा आएको र २०५२ मा संशोधन भएको भूमिसुधार ऐन गाउँगाउंँ, टोलटोलमा लागू हुनुअघिसम्म किन असली राईहरु, जसलाई ‘जिम्मावाल÷तालुकदार’ भनिन्थ्यो, उनीहरुले आप्mनो अधिकार क्षेत्रभित्रका ‘रैती÷ढाक्रे’हरुले, हालको भाषामा भन्नु पर्दा ‘जनता÷नागरिक’हरुले आप्mनो नामको अगाडि ‘राई !’ लेख्दा÷भन्दा –“तैँले नपाएको ‘राई’ किन लेखिस्÷भनिस् !?” भनेर कारबाही गर्थे ? पछिल्लोपटक संखुवासभा जिल्लामा दुर्गामणि देवान विसं २०५१÷०५२ सम्म राई भएका थिए, उनी हाल ललितपुर जिल्लाको भैंसेपाटीमा बस्छन्, त्यसैले वास्तवमा राई के हो ? भन्ने सम्बन्धमा गएर उनलाई सोध्दा भई हाल्छ, मेरो कुरो नै ध्रुव–सत्यो हो, म भन्दिन । त्यसो त भोजपुर जिल्लाको दिल्पा–नागी–अन्नपूर्ण क्षेत्र गाऊँमा ५२ पगरीको ठूलो (साविक राई !) राई भएका परशुराम राईका छोरा, नाति, पनाति, खनाति+छोरी, बुहारी, नातिनी, नातिनी बुहारी, पनातिनी, पनातिनी बुहारी, खनानितीहरु हाल काठमाण्डौमै प्रशस्तै भेटिन्छन्, जसले आप्mनो नामको पछाडि ‘राई !’ नलेखेर मुकारुङ लेख्छन् । त्यस्तै भोजपुर जिल्लाकै बोयाका डा. शिवकुमार ‘राई!’ पनि काठमाण्डौमै बस्नु हुन्छ, उहाँसँग भेटघाट गरेर, ‘राई !’ बारे वास्तविकता के हो ? सोधखोज गरेर लेख्न सक्नुहुन्छ ।

त्यसैले डा.तारामणि राई ज्युले अब ‘राई !’बारे  अर्को एक लेख लेखेर “— ‘राई !’ के हो, को हो, जात, वर्ग समूह हो कि, जाति वा समुदाय हो ?” भन्नेबारेमा लेख लेख्नु भएमा राम्रो हुन्थ्यो कि ? किनभने, कथित् ‘राई !’ जातिबारे हजुरले वृहत् रुपमा अध्ययन अनुसन्धान गर्न त गाह्रै होला ?! त्यसैले कथित् ‘राई !’ जातिबारे हजुरले वृहत् रुपमा अध्ययन अनुसन्धान गर्न नसके तापनिमा सामान्य सोधखोज गरेर लेख्नु होला भन्ने अपेक्षा गरिएको छ । जहाँसम्म भाषा आयोगको कुरो छ, उसले ‘राई !’ भाषा छैन÷होइन भनेर सरकारलाई जनाऊ दिएको लगभग साढे चार वर्ष बितिसकेको छ । संभवतः त्यही कारणले नै गत वर्ष १ नं. प्रदेशमा ‘राई !’ भाषा प्रदेशस्तरीय सरकारी भाषामा सिफारिस नभएको हुनु पर्छ । हुन पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा ६ लाख २० हजार चानुचुन राईको जनसंख्या उल्लेख भएको भए तापनि राई भाषा वक्ता एक लाख ५९ हजार चानचुन मात्रै रहेको छ । त्यस्तै बान्तावा भाषा वक्ता पनि २०६८ मा एक लाख ३२ हजार ६२२ वक्ता रहेको देखिए तापनि सोही जनगणनाको तथ्यांकमा बान्तावा जातिको जनसंख्या भने केवल ४ हजार ६०४ मात्रै रहेको छ । बाँकी एक लाख २८ हजार चानचुन बान्तावा भाषा कसले बोल्छ ?, कहाँ बोलिन्छ ? अत्तोपत्तो नभएकोले सिफारिसमा पर्न नसको बुभ्mन सकिन्छ, सो बारेमा टुंगो नभई बान्तावा भाषा पनि प्रदेश १ को सरकारी भाषामा सिफारिस हुने कुरै भएन, हुनु पनि हुँदैन ।

तर, हाम्रो देशमा आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, भाषाविद, भाषा वैज्ञानिक, प्राज्ञ, इतिहासकार, संस्कृतिविद, समाजशास्त्री, मानवशास्त्री, विषय विज्ञ आदि लेख्नेहरु नै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिबारे वास्तविकता के हो, कसो हो ? भन्ने थाहा नहुनेहरु वा थाहा पाउन नचाहनेहरु जो औपचारिक रुपमा स्कूल, क्याम्पस–कलेज, विश्वविद्यालय त पढेका छन्, हुन् तर, विषयगत पढाईबाहेक अरु केही नपढ्ने÷पढ्न नचाहने, बाहिरी ज्ञान लिन नचाहनेहरुले के गरुन्  ?

जे होस्, आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, भाषा विज्ञ, भाषाविद, भाषा वैज्ञानिक, प्राज्ञ, जानकार, महावरिष्ठ, वरिष्ठ, विद, कार, आदि लेख्ने÷लेखाउने धेरै महानुभावहरु मध्ये प्रा. डा. दानराज रेग्मी ज्युले पनि पछिल्लो पटक नयाँ पत्रिका दैनिकमा गत असोज १ गते ‘कामकाजी भाषा कार्यान्यनका जटिलता’ शीर्षकको लेख छापिएको थियो । तर, त्यहाँ पनि लेखक ज्युले ‘…बान्तावा जस्तो राई–किरातीमा सबल भाषा…’ भनी राईप्रतिको मोह जानेर वा नजानेर देखाउनु भएको छ, प्रा. डा. रेग्मी ज्युले । त्यस्तै अर्का डा. भीमलाल गौतमको पनि नयाँ पछिल्लोपटक पत्रिकामै गत भदौ २९ गते ‘बहुभाषिकता, जनगणना र सिफारिस’ शीर्षकको लेख छापिएको छ । डा. गौतमले आप्mनो लेखमा राई र राई भाषाप्रति मोह देखाउँदै  ‘प्रदेश एकमा बोल्ने बहुसंख्यक राई–किराती भाषा सिफारस हुन सकेका छैन’ भन्नु भएको छ । निश्चय नै माथि उल्लेखित तीनैजना प्रा., डा. र डा.साबहरुले ०५८ को १० औं र ०६८ को १२ औं जनगणनामा उल्लेख भएका जातजाति र भाषाभाषीबारे उल्लेख भएको तथ्य–तथ्यांकबारे बेखबर भएको वा बेवास्ता गरेर लेख लेखेको प्रस्टै छ । नयाँ पत्रिकालगायत अन्य दैनिक पत्रपत्रिका र अनलाइन पत्रिकाहरुले त्यस्तै डा. साबहरुको लेखलाई महत्व दिएर छाप्नु कुन आइतबारको कुरो भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार