माङसेबुङमा विद्यार्थी बोकेको अटो दुर्घटना, ६ जना घाईते

  बालकृष्ण बस्‍नेत
10.6k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

माङसेबुङ १ स्थित गजुरमुखी ईङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेर इभाङदेखि गजुरमुखीतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ४१७ नम्बरको अटो विहान करिब ९ बजे गजुरमुखी-चतुरे सडक खण्डको चारसुरेमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी माङसेबुङ २ इभाङका १० वर्षीय भिजन बस्नेत, ८ वर्षीय कोसिस लिम्बू, ५ वर्षीय श्रृष्टी लिम्बू, ४ वर्षीय युनिक राई, ५ वर्षीय प्रिया राई घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ईलाम अस्पताल पठाईएको ईभाङ प्रहरी चौकीका असई देवराज ढकालले जानकारी दिए ।

अटो चारसुरे गोलाईमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएपनि विस्तृत विवरण खुलेको छैन । अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार