सुनचाँदी व्यवसायी संघ पाँचथरको अध्यक्षमा लोहार

  युद्धबहादुर बोहोरा
196 Shares


पाँचथर : सुनचाँदी व्यवसायी संघ पाँचथरको अध्यक्षमा राजेन्द्र लोहार निर्वाचित भएका छन् । संघको छैटौं अधिवेशनबाट अध्यक्ष लोहारसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।  समितिको प्रथम उपाध्यक्षमा पदम लुहागुन,द्वितीय उपाध्यक्षमा दीपक धमला,महासचिवमा विनोद रसाइली,सचिवमा मनिष(प्रकाश) खाती र कोषाध्यक्षमा मदन कालिकोटे चुनिएका छन् ।

सदस्यमा टीकाराम रसाइली,डिल्लीराम लामगादे,महेन्द्र घिमिरे,यामबहादुर शंकर,दिनेश रहपाल,सन्तोष गहतराज,रमेश लोहार,महेश लामगादे,गौरव विश्वकर्मा,डिल्लीराम घताने र सुमन पोर्तेल रहेका छन् ।

यसै अवसरमा स्थानीयतहको निर्वाचनबाट निर्वाचित  जिल्लाका जनप्रतिनिधि र जिल्ला समन्वय समिति प्रमुख,उपप्रमुखलाई सम्मान गरिएको छ साथै फिदिम नगरपालिका १ नम्बर वडामा रहेको शिवालय मन्दिर परिसर भित्र संघको अगुवाइमा निर्माण गरिएको बिश्वकर्मा बाबाको मन्दिर समेत उद्घाटन गरिएको छ ।

फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष सुरेश मान श्रेष्ठको आतिथ्यमा मन्दिर उद्घाटन गरिएको संघका पूर्वमहासचिव सन्तोष सेनच्युरीले जानकारी दिए । उक्त अधिवेशनमा मन्दिर  निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्नै दाताहरूलाई अतिथिबाट प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

अधिवेशनमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने,उपमेयर राधाकृष्ण न्यौपाने,राजनितीक दलका प्रमुख तथा प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि लगायत महासंघका केन्द्रीय प्रतिनिधिहरुले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना सहितको मन्तव्य राखेका थिए । संघका पूर्वअध्यक्ष निर बहादुर धमला(विमल)को अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला भरका सुनचाँदी व्यवसायमा आवद्ध सदस्यहरु,नागरिक समाज साथै मन्दिर निर्माणका सहयोगदाताहरुको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार