माङसेबुङ गाउँपालिका वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई सम्पन्‍न

  नयाँ बुलन्द
154 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार माङसेबुङ गाउँपालिका ६ स्थित चिसोपानी पंचमीमा सम्पन्न भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरीत भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

कार्यक्रममा ७ जना सेवाग्राहीले प्रत्यक्ष चासो र गुनासो राखेका थिए । सेवाग्राहीको प्रश्नको उत्तर वडा अध्यक्ष प्रदिप साङपाङले  दिएका थिए । उनले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।

सुधार गर्नुपर्ने विषयहरुमा कर्मचारी संख्या थप गर्नुपर्ने, योजना र कार्यक्रमको बारेमा समयमा जानकारी हुनुपर्ने, हरेक योजनाको सार्वजनिकीरकण हुनुपर्ने, वडामा आएको हरेक सूचना समयमा नै गाउँघरमा पुर्याउनुपर्ने, गाउँको विकास अझै गरे राम्रो हुने, सेवाग्राही भएको बेला कर्मचारी हुनुपर्ने, गाउँघरमा सूचना प्रवाह पर्याप्त गर्नुपर्ने, वडाको सेवाकेन्द्रको स्थापना हुनुपर्ने, कार्यालय सबै वडाबासीको पायक पर्ने ठाउँमा स्थापना गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट राम योङहाङले गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार