जीवनशैली सम्बन्धी कार्मचारीलाई क्षमता विकाश तालिम

  नयाँ बुलन्द
224 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको आयुर्वेद शाखाको आयोजनामा जीवनशैली सम्बन्धी कार्मचारीलाई क्षमता विकाश तालिम सम्पन्न गरेको छ ।

औषधालयमा कार्यरत कर्मचारी र स्वास्थ्य स्वयंसेविका मार्फत समाजमा जनचेतना फैलाउन सहायोग पुग्ने उदेश्यले पालिका भित्रका तीन वटा आयुर्वेद शाखाका कर्मचारीसहित १४ जनालाई चार दिन प्रशिक्षण गराइएको हो ।

योग ,ध्यान,स्थानीय जडीबुटीको उपयोग,स्वास्थ्य जीवन यापनका लागि स्वस्थ वृत,दिनचर्या,रात्री चर्या,ऋतु चर्या र आहारविहार बारे प्रशिक्षण गराइएको शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीले जानकारी दिए । डा.उपेन्द्र यादव,मुरली शाह,शाखा प्रमुख पराजुली र वैध राजकुमार श्रेष्ठले सहभागीलाई नसर्ने रोग,नियमित स्वास्थ्य चेकजाँच लगायतमा जानकारी गराउँदै तालिम दिइएको जनाइएको छ ।

तालिमबाट नागरिक सुसुचित हुने र जनचेतनाको विस्तारले स्वास्थ्य सुचाङ्कमा बृद्धि हुने शारिरीक तथा मानसिक स्वास्थ्यमा सुधार हुने,माधक पदार्थ दुर्व्यसन न्युनिकरण हुने अपेक्षा राखिएको शाखा प्रमुख पराजुलीले बताए ।

कार्यक्रमको समापनमा अतिथि पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा उपयोग हुने गरि चेतना फैलाउन शुभकामनासहित सुझाव दिए ।अतिथिद्वयले प्रशिक्षकलाई धन्यवाद र सहभागीलाई  प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार