माङसेबुङ गाउँपालिका वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई हुँदै

  नयाँ बुलन्द
84 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिकाले वडा नम्बर ६ मा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दैछ । चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाई चिसोपानी पञ्चमीस्थित वडा नम्बर ६ को सभाहलमा हुँदैछ ।

विहान ११ बजेदेखि सुरु हुने सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गर्नेछ ।

गाउँपालिका र वडाबाट प्रदान गरीने सेवामा सेवाग्राहीले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने, नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्ने एवम् जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने उद्देश्यले कार्यक्रम संचालन हुन लागेको हो ।

नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त जनगुनासो र सुझावको विवरण र त्यस्ता विषयमा भए गरेका प्रयास एवम् सञ्चालित कार्यक्रम तथा आयोजनाहरु सार्वजनिक सुनुवाईका विषयवस्तु हुनेछन् ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्जबाट हुनेछ ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार