मेची राजमार्गको मिलगोलाईमा ट्याक्सी दुर्घटना,८ जना गम्भीर घाइते

इलामः मेची राजमार्गको पुवाखोलास्थित मिलगोलाईमा ट्याक्सी दुर्घटना हुँदा ११ जना मध्ये ८  जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को१ज ३३२९ नम्बरको ट्याक्सी इलाम नगरपालिका वडा नम्बर १ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले जानकारी दिए  ।  ८ जना गम्भीर घाइतेलाई  झापा  रेफर गरिएको छ भने अन्यलाई  इलाम अस्पतालमा उपचार हुँदै गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार