थाकथाकु मावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ पाँचथरका अध्यक्ष चेम्जोङको निधन

  युद्धबहादुर बोहोरा
1k Shares

 पाँचथरः थाकथाकु मावोहाङ्ग चेम्जोङ वंश उत्थान संघ पाँचथरका अध्यक्ष टिकाचन्द्र चेम्जोङको निधन भएको छ । संस्थाका जिल्ला अध्यक्ष चेम्जोङको असार १५ गते बेलुका ८ बजे ५९ वर्षको उमेरमा निधन भएको हो ।
फाल्गुनन्द गाउँपालिका ५,(साविक फाक्तेप-८) निङ्गुरे निवासी चेम्जोङ घुर्बिसे माद्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । करीब एक दशक शिक्षण पेशामा आवद्ध भइ शिक्षण संस्थाको अभिभावक बनेर सामाजिक कार्य गर्दै विद्यालयको शैक्षिक सुधारमा निरन्तर समय दिएका उनी २०५६ सालदेखि हालसम्म यस विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बनेका थिए ।

फाक्तेप युथक्लव (पीवाईसी) का सल्लाहकार,रेड्क्रससोसाइटी सदस्य,चेसुङ कृषि सहकारी संस्थाको सल्लाहकार तथा नेकपा एमाले पाँचथरका सल्लाहकार समिति सदस्य रहेका चेम्जोङ असार १५ गते पालिका स्तरीय विद्यालयका प्रधानध्यापक र व्यवस्थापन समिति अध्यक्षहरुको बैठक सकेर घर फर्कने क्रममा अचानक बाटोमा ढलेका थिए । उनलाई तत्काल घुर्बिसे पञ्चमीमा रहेको मेडिकलमा ल्याउँदै गर्दा निधन भएको थियो । सव.ललित बहादुर चेम्जोङ र खड्गमाया योङ्हाङ चेम्जोङका माइला सुपुत्रका रुपमा २०२० साल साउन २६ गते जन्मिएका उनी विभिन्न सामाजिक क्षेत्रमा आवद्ध थिए ।

समाज सेवासहित शैक्षिक सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका  चेम्जोङले २०३८ सालदेखि २०४५ सालसम्म स्थानीय टीका भैरूङ र जगदम्बा आधारभुत विद्यालयमा सात वर्ष शिक्षण पेशा पनि गरेक थिए । चेम्जोङका श्रीमती सहित दुई छोरा एक बुहारी र एक छोरी/ज्वाई र नातीनातिना  छन् ।
मृतक चेम्जोङको विहिवार घर नजिकै आफ्नै वंशको कपुरस्थानमा किराँत जातीको परम्परागत संस्कृति अनुसार अन्त्यष्ठी गरिने उनका सहोदर भाई शिक्षक  मोहन चन्द्र चेम्जोङले जानकारी दिए ।

सामाजिक व्यक्तित्व चेम्जोङको  निधन प्रति नयाँ बुलन्द अनलाइन पत्रिका परिवार दुःख व्यक्त गर्दै  दु;खदको घडीमा समावेदनासहित हार्दिक श्रदाञ्जली प्रकट गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार