इलाम : इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि दुर्व्यवहारमा संलग्नलाई कानुनी कारवाहीको माग गरिएको छ ।
किरात राई कर्मचारी मञ्चले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै कमर्मारीमाथि कार्यालयमा भएको दुर्व्यवहारको निन्दा गर्दै दुर्व्यवहारमा संलग्नलाई कानुनी कारवाहीको लागि ध्यानाकर्षण गराएको छ ।
‘स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई जनप्रतिनिधि र सरोकारवाला सबैबाट सहयोग प्राप्त गर्नुपर्नेमा कर्तव्य पालना गरिरहेकै अवस्थामा राष्ट्रसेवक कर्मचारीमाथि कार्यालयमा भएको दुर्व्यवहार निन्दनीय छ’ मञ्चका अध्यक्ष खिलराज राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘यस्ता अवान्छित, अमर्यादित गतिविधिको घोर भत्सर्ना गर्दै यसमा संलग्न दोषीलाई तत्काल कानुनी कारवाहीका लागि सम्बन्धित निकायकव ध्यानाकर्षण गराउँदछौं ।’
के भएको थियो?
गएको साता नेपाली कांग्रेस इलामका जिल्ला सहसचिव देवेन्द्र सुवेदीले प्रमुख प्रशासकिय अधिकृत राईमाथि दुव्र्यवहार गरेका थिए । सन्दकपुर गाउँपालिका निवासी नेता सुवेदीले गाउँपालिकाको प्रवक्ता तोक्ने बिषयमा नेपाली कांग्रेस पार्टीको रुलिङ नमानेको भन्दै प्रमुख प्रशासकिय अधिकृत राईमाथि पालिका अध्यक्ष तुलाराम गुरुङ्गकै कार्यकक्षमा बुधबार दुव्र्यवहार गरेको पीडित राईले बताएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा काग्रेसको तर्फबाट अध्यक्षका उमेद्धवार भई पराजित सुवेदीले बजेट निर्माण र पालिका प्रवक्ता तोक्ने क्रममा असहयोग भएको भन्दै दुव्र्यवहार गरेको पीडितको भनाई छ । गाउँपालिकाको कार्यपालिकामा अल्पमतमा रहेको कांग्रेसको पक्षमा प्रवक्ता तोक्न असहयोग गरेको भन्दै सुवेदीले प्रमुख प्रसासकिय अधिकृतमाथि दुव्र्यवहार गरेका थिए ।
योजना छनौटमा काग्रेसले चुनाव प्रचारका क्रममा बोलिएका योजनाहरु समावेस नगरेको र प्रवक्ता चयनमा अध्यक्षलाई असहयोग गरेको आरोप सुवेदीले लगाएका छन् । ३० बैशाखमा भएको निर्वाचनमा सन्दकपूर गाउँपालिका अध्यक्षमा निर्वाचित तुलाराम गुरुङ्गसँगै हिड्ने गरेका नेता सुवेदीले प्रमुख प्रशासकिय अधिकृत राईलाई करारका कर्मचारीहरु तत्काल हटाउन दबाब दिँदै आएका थिए । करारका कर्मचारी हटाउनका लागि चुनाव लगत्तै दबाब थियो राईले भने, ‘कर्मचारीले प्रयोग गर्ने सवारीसाधन पनि नचलाइन राख्नका लागि पटक पटक दबाब दिँदै आएका छन् ।’
यता आरोपित सुवेदीले भने आफुले कर्मचारीमाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको बताइसकेका छन् ।