रग्बी संघ इलाम अध्यक्षमा फियाक

  नयाँ बुलन्द
1.1k Shares


इलाम : इलाम जिल्ला रग्बी संघ गठन भएको छ । इलाम जिल्ला खेलकुद बिकास समिति अध्यक्ष खगेन्द्र वास्तोला, कार्यलय प्रमुख नारायण भट्टराई, खेलकुद बिकास समिति सदस्य जीवन घिसिङ, भलिवल संघ इलाम अध्यक्ष प्रविण गुरुङ, जिल्ला जुडो संघ इलामका उपाध्यक्ष बिक्रम लिम्बू, इलाम जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष प्रकाश परियारको विशेष उपस्थितिमा ११ सदस्यीय जिल्ला संघ गठन भएको छ । अध्यक्षमा गंगा फियाक (बिजु), उपाध्यक्षमा कमल दुलाल सचिवमा विपिन पोख्रेल कोषाध्यक्ष विनिता अछामे चयन भएका छन् । सदस्यहरुमा शम्भु राई, दिनेश निरौला, लिला लिम्बू, सुगम खत्रि, मनोज दुलाल, प्रविन सुवेदी, गोमा प्रधान चयन भएका छन् । त्यस्तै प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट समेत भएको जानकारि नवनिर्वाचित संघका अध्यक्ष गंगा फियाकले दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार