इलाम : इलामकाे माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् ।

सांकेतिक तस्बिर
आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो । दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक समान्य घाइते छन् ।
हिमप्रसादले रिजर्भ लिएर बुलेर झापाको दमकतर्फ लिएर गएका थिए । जयकुमार भने माङसेवुङको रक्सेमा मलामी जानका लागि त्यही गाडीमा चडेको माङसेवुङ २ स्थित प्रहरी चौकीले जनाएको छ ।