इलामका एतिराज काफ्ले सम्मानित

  नयाँ बुलन्द
5.1k Shares

इलाम :  इलामका युवा व्यवसायी एतिराज काफ्ले ( सुमन ) सम्मानित भएका छन् । उनलाई जिल्ला सुरक्षा समिती इलामले सम्मान गरेको हो । काफ्लेले भर्खरै सम्पन्न भएको स्थानियतह निर्वाचन २०७९ लाई सफलतापुर्बक सम्पन्न गराउन मतपेटिका ढुवानीका लागि सवारी ब्यबस्थापनमा सहयोग पुरयाएको भन्दै सम्मान गरिएको हो । काफ्लेलाई प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले प्रशसा पत्र प्रदान गरे । काफ्लेले निर्वानका लागि सामाग्री ढुवानी गर्न एकै दिन एक सय भन्दा बढि सवारी साधनको ब्यबस्थापन गरेका थिए ।

२०४४ सालमा झापाको गौरिगंन्जमा जन्मिएका उनी बिगत २० बर्ष देखी इलाममा बसोबास गर्दै आएका छन् । १२ बर्ष अघिबाट यातायत क्षेत्रमा काम गर्न सुरु गरेका काफ्ले इलामेली अटोमोबाइल प्राली इलामका संचालक समेत हुन । काफ्ले इलामका एक सफल युवा यातायत व्यवसायीका रुपमा मात्र परिचित छैन्न युवा समाजसेबीका रुपमा समेत उतिक्कै परिचित छन् ।

यातायत ब्यबसाय संगै निर्माण ब्यबसायमा समेत लामो अनुभव संगालेका काफ्ले अफट्यारोमा परेका बिरामी , गरिब दुखिको सहयोगमा समेत तल्लिन रहने गरेका छन् । कुनै पनि राजनैतिक दलको आस्था भन्दा पर रहेर समाजमा सहयोग गर्दै आएका काफ्ले आगामी दिनमा समेत निश्वार्थ रुपमा समाजसेवामा लागिरहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार