फाल्गुनन्दको बजेट ४७ करोड,कृषि क्षेत्रलाई प्राथमिकता

  युद्धबहादुर बोहोरा
483 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष ०७९÷०८० का लागि ४७ करोड ८६ लाख ४ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ ।

कृषिको माध्यमबाट पालिकालाई समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा परेको छ । जिल्लाकै अकबरे खुर्सानी,सुन्तोला,कागती,किवी लगायत दुग्ध उत्पादनले चिनिएको यस पालिकाका  व्यावसायिक उत्पादनलाई जोड दिन र कृषि पेसा मार्फत पालिकाका नागरिकलाई आत्मनिर्भरसहित स्वरोजगार बनाउने भएको छ ।

यस पालिकामा उत्पादन भएका कृषि उपज सामग्रीको उचित बजारीकरण गर्ने साथै सिजनमा उचित भाउमा बिक्रि गर्न नपाएर सस्तो मुल्यमा बेच्नु पर्ने वाध्यता र उत्पादित सामाग्री कुहिएर जानबाट जोगाउन वडा नम्बर ४ स्थित राँके आसपासमा कोल्डस्टोरेज निर्माण गरिने भएको छ ।

शुक्रबार पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले स्थानीयतहको दोस्रो निर्वाचनपछिको पहिलो गाउँसभा तथा पालिकाको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कृषिपछि शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखिएको वार्षिक कार्ययोजना सभाबाट पारित भएको छ ।

जेष्ठ नागरिकलाई घरमा पुगेर स्वास्थ्य परिक्षण गरिने,दिर्घरोगिका लागि निःशुल्क ओैषधी प्रदान गरिने,विपन्न नागरिकलाई स्वास्थ्य विमा,पत्रकार महासंघ मार्फत पत्रकारको क्षमता विकास तथा जिल्लाका सबै सञ्चार माध्यमलाई समानुपातिक र समावेसी रूपमा बजेटको ब्यवस्था गर्ने भएको छ ।

सामुदायिक विद्यालयमा नियमित आफ्ना छोराछोरी पठाउने अभिभावकलाई शिक्षा दिवशको अवसरमा पुरस्कृत गरिने, मातृ भाषाका शिक्षकको तलब वृद्धि हुने,पालिका भित्रका सबै बजारमा सौर्य बत्ती जडान गरिने,फाल्गुनन्द रिङरोड निर्माण गरिने,पालिका जाने सडकहरू अलवेदर बनाउने,सासुससुरा राम्रो पालनपोषण गर्ने बुहारीलाई सम्मान गर्ने लगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

पालिका उपाध्यक्ष ठाकुर नेम्बाङले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा कृषि क्षेत्रमा ८० लाख बजेट विनियोजन गरिएको छ । उनले सार्वजनिक गरेको बजेटमा नेपाल सरकारबाट समानिकरण अनुदान ११ करोड ३४ लाख रुपैयाँ,सशर्त अनुदान(चालु) अनुदान २३ करोड २३ लाख,समपुरक अनुदान,४० लाख, सशर्त अनुदान (पुँजीगत) ९ करोड १० लाख र विशेष अनुदान (पुँजीगत) ५० लाख गरि जम्मा ४४ करोड ५७ लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारबाट समानिकरण ६० लाख ३४ हजार,राजश्व बाँडफावड ३५ लाख ८० हजार,समपुरक बजेट १ करोड र ५५ लाख ५० हजार आन्तरिक राजस्व स्रोत अनुमान गरिएको छ ।

७ वडा वडा रहेको यस पालिकाका १ नम्बर वडालाई ७५ लाख ,२ नम्बर वडालाई ५० लाख ,३ नम्बर वडालाई ७० लाख, ४ र ५ नम्बर वडालाई ६० लाख साथै ६ र ७ नम्बर वडालाई ५५ लाख गरि जम्मा ७ वटा वडालाई ४ करोड २५ लाख रकम छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार