चुलाचुली गाउँपालिका : सबै दलितलाई स्वास्थ्य वीमा, जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

  नयाँ बुलन्द
126 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

चलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स संचालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाहरुलाई निMशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य वीमा कार्यक्रमलाई प्रत्येक नागरिकसम्म विस्तार गर्ने भएको छ । स्वास्थ्य स्वयम्सेविका, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल पुरुष, एकल महिला, शहिद परिवार, वेपत्ता परिवार, द्वन्द्वपीडित र दलित परिवारको निशुल्क स्वास्थ्य वीमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार