सूचनाको हकका लागि इलामे युवाहरु उत्साहित

  नयाँ बुलन्द
21 Shares

इलाम : सूचनाको हक कार्यान्वयनका लागि इलामका युवाहरु उत्साहित भएका छन् । इलाम सदरमुकाममा आयोजित आरटीआइ युथ क्याम्पमा सहभागी भएका युवाहरु सूचनाको हकका लागि उत्साहित र प्रतिवद्ध भएका हुन् ।

अमेरिकी राजदुतावासको सहयोगमा  अकाउन्टबिलिटी ल्याब नेपाल र अमेरिकन कर्नर इलामको आयोजनामा असार ६ देखि ८ सम्म युथ क्याम्प आयोजना गरिएको थियो ।  युथ क्याम्पसमा जिल्लाका विभिन्न क्षेत्र र विधाबाट १९ जना युवाहरुको सहभागिता रहेको अमेरिकन कर्नर इलामका कार्यक्रम संयोजक हेमप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा १८ देखि ३५ वर्ष उमेर समूहका शिक्षक, विद्यार्थी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई सूचनाको हककमा लागि राष्ट्रिय संजाल प्रदेश १ का संयोजक राजु श्रेष्ठ र पत्रकार राम योङहाङले सहजीकरण गरेका थिए । कार्यक्रममा सूचनाको हक, सूचनाको हकको प्रयोग र प्रचलन, सूचनाको हक कार्यान्वयनका विधि र पद्धतीलगायतका बारेमा सवैंधानिक, कानुनी र व्यावहारिक पक्षका बारेमा छलफल भएको थियो ।

नेपालमा सूचनाको हकको प्रयोगमा नविन प्रयोग र अध्याय निर्माण गर्दै सूचनाको हकको बारेमा आफ्नो बुझाईलाई परिस्कृत गर्दै खुला सरकार र सुशासनमा योगदान गरेर समुदायमा सकरात्मक परिवर्तन ल्याउन चाहने युवाहरुका लागि अकाउन्टविलीटी ल्याबले युथ क्याम्प संचालन गरेको हो ।

कार्यक्रम इलामसहित विराटनगर, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत र धनगढीमा रहेको अमेरिकन कर्नरसँगको सहकार्यमा संचालन हुने कार्यक्रम व्यवस्थापक अस्मिता शर्माले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार