फाकफोकथुमका प्रिन्स चौहान मोडलिङमा उदाउँदै

  युद्धबहादुर बोहोरा
3.5k Shares

इलामः विगत सात वर्षदेखि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा कार्यरत पूर्ण चौहान (प्रिन्स ) नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् ।

हाल कोरियामा रहेका चौहानले अभिनय गरेको ‘राधा प्यारी’ म्यूजिक भिडियो भर्खरै युटुबमा सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियो बजारमा आए लगत्तै ग्रामीण बस्तीमा जन्मिएर कसैको लिङ्क बिना अभिनयमा पुगेका चौहान दर्शकको रोजाइमा पर्न थालेका छन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीत लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको छ भने मोडल चौहानको साथमा गरिमा शर्माको अभिनय रहेको छ ।

कोरियाको व्यस्त समयको बावजुद पनि थोरै समय निकालेर आफ्नो रहरको क्षेत्र मोडलिङमा समेत समय निकाल्ने मोडल चौहानले यसअघि ‘यादमा’ नामक म्युजिक भिडियोमा अभिनय गरेक थिए ।

निर्देशक एजोक मगरको साथमा कोरियामा छाँयांकन  भएको यस भिडियोमा प्रमिला कार्कीले अभिनयमा साथ दिएकी छिन् भने  नवीन बिश्वकर्माको गीत,संगीत,शब्द र समधुर आवाजमा रहेको छ ।

चौहान १६ अप्रिल २०२२ मा कोरियाबाट नेपाल छुट्टीमा आएपछि उक्त भिडियो रिलिज भएसंगै हाल मनाङ,मुस्ताङको रमणिय स्थलमा छायांकन गरिएको प्रेम,गल्ती,पश्चताप र पर्खाइको कथामा आधारित ‘सितल सितल’ म्युजिक भिडियो निस्कने अन्तिम तयारीमा पुगेको बताउँछन् । केशब राज भट्टको निर्देशन चर्चित गायक प्रताप दासको स्वरमा रेकर्डिं गरिएको गीतको भिडियोमा स्मारिका ढकालले अभिनय गरिकी छिन् ।

एकपछि अर्को लगातार भिडियोमा अभिनय गरेका चौहान निक्कै मेहनतमा लागेको र उत्कृष्ट कोशेलीहरु दर्शक माझ पस्कने जमर्कोमा रहेको बताउँछन् । उनको पछिल्लो भिडियो ‘सितल सिलत’ मुस्ताङको राज कुमार र राज कुमारी प्रेम कथामा आधारित ‘सितल सितल’ म्युजिक फिल्म साथै ‘माया’ लगायतका  प्रोजेट आउने तयारीमा पुगेको उनले बताए ।

बाल्यकालदेखि नै मोड्लिङ बन्ने रुचि राखेका चौहानलाई यस फिल्डमा आउन धेरै मेहत गर्नु पर्यो । इलामको फाकफोकथुम-२ निवासी भिमबहादुर चौहानका कान्छा सुपुत्रका रुपमा २०५० सालमा जन्मिएका उनी स्थानीय विद्यालयमा प्रारम्भि शिक्षा हाँसिल गरे । पछिल्लै पिंढीमा हुर्किएका भएतापनि परिवारमा गरीबीका कारण बाबुआमाले सुविधा सम्पन्न ठाउँमा राखेर पढाउने अवस्था नभएकाले घरदेखि २ घण्टा टाढा पैदल धाएर पढेका उनले पाँचथरको घुर्बिसे पञ्चमी माद्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि इलामबाट १२ कक्षासम्मको अध्ययन पुरा गरि नृत्यकलाको प्रशिक्षण लिए र इपिएस परीक्षा पास गरेपछि कोरिया गए ।

बाल्यकालदेखि नै गाउँघर,विद्यालय र अन्य ठाउँमा हुने विभिन्न कार्यक्रममा नृत्य गर्न रहर गर्ने चौहानले टेलिभिजनमा देखेको भरमा पनि निक्कै अभिनय गर्न सिकेको बताउँछन् । गाई,बस्तु चराउन जंगल पुग्दा समेत एक्लै नाच्ने गरेको रमाइलो कथा उनले सुनाए । कलाकारितामा आफुलाइ चिनाउन,इजोक थापा मगरको निर्देशन भएको भिडियो मार्फत मोडलिङ क्षेत्रमा उदाएका प्रिन्स चक्लेटी अनुहार र राम्रो अभिनय गर्न सक्ने मोडलका रुपमा दर्शकले तारिफ गरेको बताउँछन् । सबैको प्रेरणा र हौसले पनि आगमी दिनमा अझै थप मेहनतसाथ लाग्ने र सबैको मन जित्न सक्ने प्रस्तुती देखाउँने प्रयासमा छन् ।

विभिन्न म्युजिक भिडियोहरुमा कुशलतापुर्वक अभिनय सम्पन्न गरेका मोडल चौहान लगातार  मेहनत र तयारी गरेको कारण पहिलो भिडियोबाट दर्शकले मन पराएको दावी गर्छन् । नेपालका चर्तित कलाकारहरुको साथमा अभिनय गर्न र सिक्ने मौका पाएकोमा खुशी ब्यक्त गरेका छन् । हाल उनी प्रवासमा भएपनि आफ्नो प्रतिभा उजागर गर्न र कलाकारितालाई निरन्तरता दिने सोचाइमा छन् ।

(हेर्नुहोस् भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार