इलामका जेडी डान्सिङ स्टारको फाइनलमा

  नयाँ बुलन्द  1876 पटक हेरिएको

इलाम : हिमालय टेलिभिजनवाट प्रशारण भइरहेको चर्चित रियालिटी शो डान्सिङ स्टार नेपालको फिनालेमा इलामका जेडि तमुको जोडी पुगेको छ । उनलाई साथ दिएकी छिन् काठमाडौं कि प्रमिता रानाले । उनीहरुको जोडीलाई ‘परजेडि’ उपनाम दिइएको छ । शो ४ महिनादेखि सुरु भएको यो प्रतिष्पर्धामा १२ जोडीले प्रतिष्पर्धा गरेका थिए । हरेक इप्सोडमा एक जोडी बाहिर हु“दै ‘परजेडि’ फाइनलसम्म पुगेको हो । सेमि फिनालेमा ‘परजेडि’ले गुरुङ संस्कृतिस“ग सम्वन्धित नृत्य गरेका थिए ।

हालसम्म ३८९ अंक प्राप्त गर्दै उनीहरुले फाइनल यात्रा तय गरेका हुन् । इलामको सन्दकपुर ५ जमुना घर भएका जेडिले भारतका बिभिन्न ठाउँमा नृत्य सम्बन्धी शिक्षा लिएका जेडि तमूले टेरेन्स लुईस एकेडेमी बाट कान्टेम्पोरेरि नृत्यमा डिप्लोमा गरेका हुन । कोरियोग्राफर जेडि हाल काठमाण्डुका बिभिन्न ठाउँहरुमा नृत्य प्रशिक्षण गराइरहेका छन् । कन्टेम्पोररी नृत्य र सोही फर्मको नृत्य निर्देशन र प्रशिक्षणमा ख्याती कमाइसकेका कोरियोग्राफर जेडि तमुको टिम “परजेडि’ भोटको प्रतिक्षामा छ ।

यो जोडीलाई ’खल्ती एप’ मार्फत भोटिङ गर्न सकिन्छ । खल्ती एपको भोटिङ अप्सनमा गएर डान्सिङ स्टार नेपाल लेखिएको आइकन क्लिक गरेपछि भोटिङ अप्सन आउछ । यसमा टिम ‘परजेडि’ क्लिक गर्नु पर्ने हुन्छ । उनले आफु थप प्रगती गर्न चाहेकोले हौसला थप्नकै लागि भोटिङ गरिदिन आग्रह गरेका छन् । फिनालेमा शेखर घर्ती मगर र प्रिती आले तथा छिरिङ शेर्पा र सरोज प्रजाको जोडीस“ग ‘परजेडि’ले उपाधीकालागि प्रतिष्पर्धा गर्नेछ । फिनाले आउदो शुक्रवार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार